Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

खोलामा अवैध उत्खनन हुँदा किसान चिन्तित


 २८ फागुन , तुलसीपुर । खोलामा अवैध उत्खनन हुँदा दाङको शान्तिनगर गाउँपालिका–२ र ५ का किसान चिन्तित बनेका छन् । स्थानीय बहुला खोलामा अवैध उत्खन गरी गहिरा खाडल पारिएको छ ।

यसले गर्दा कुलोमा पानी जाने अवस्था नरहेको किसान दलबहादुर विष्टले गुनासो गरे। “खोलाको दुईपट्टि खेत छ, ठूला–ठूला खाडल पारिएको छ”, उनले भने, “तर यो विषयमा खेतालालाई कहिल्यै सोधिँदैन, पानीमाथि उत्रिनै कुरै भएन ।” गत वर्ष पनि पानी खेतसम्म नपुग्दा रोपाइँ नै गर्न पाएनौ। यस वर्ष पनि रोपाइँ गर्न सक्ने छाँटकाँट नरहेको उनको भनाइ छ ।

खोलामा अहिले पनि ठूला–ठूला खाडल पारेर उत्खनन गरिएको छ । त्यस्तै शान्तिनगर–२ का कुल्लुबहादुर चौधरीले पनि यस्तै समस्यामा छन्‌ । खेतमा पानी नजाँदा उनको खेत पनि बाँझै रहने गरेको छ ।

त्यस क्षेत्रमा करिब एक सय बिघा खेत छ । वर्षात्मा आकाशे पानीको भरमा रोपाइँ हुने गर्छ भने हिउँदमा जग्गा बाँझै राख्नुपर्ने अवस्था छ । त्यो खोलामा व्यवस्थित अनुगमन नुहँदा मापदण्डभन्दा बढी उत्खनन हुने गरेको छ । जसले गर्दा किसान मारमा पर्ने गरेका छन् ।

खोलामा हुने उत्खनन कार्यको जिल्ला समन्वय समितिले अनुगमन गर्ने गरेको शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले बताए ।


प्रकाशित मिति: २८ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?