Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै


नर्सरी व्यवसायी संघ, नेपालले तेस्रो संस्करणको नेशनल हर्टिकल्चर एक्स्पो २०८२ गर्ने भएको छ । संघले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरि चैत १९ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा एक्स्पो हुने जानकारी दिएको हो । मेलाले आर्थिक मन्दीका कारण सुस्ताएको हरित अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने संघका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रविन कुमार गौतमले जानकारी दिनुभयो । कृषि क्षेत्रमा लगानी र रोजगारीका अवसर विस्तार गर्न पनि योगदान पु¥याउने उहाँको विश्वास छ । उहाँकाअनुसार मेलामा देशभरका पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरी क्षेत्रका ७ सय भन्दा बढी प्रजातिका बिरुवाहरू प्रदर्शनी तथा विक्रीका लागि राखिनेछन् । मेलामा मलखाद, बीउबिजन, गमला, औजार उपकरण तथा आधुनिक कृषि प्रविधिसम्बन्धी सामग्रीसमेत उपलब्ध हुने उहाँले बताउनु भयो । मेलामा ५६ वटा व्यवसायिक स्टल, २ वटा फुड स्टल, ३ वटा आधिकारिक स्टल र ४ वटा प्रतिस्पर्धात्मक स्टलसहित कुल ६५ वटा स्टल रहने छन् । उहाँकाअनुसार मेलामा करिव ५१ हजार दर्शकले अवलोकन गर्ने र १ करोड ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा नर्सरी व्यवसायीहरूबीच प्रतिस्पर्धा गराई उत्कृष्टलाई शिल्ड, नगद र प्रमाणपत्रले सम्मान गर्ने कार्यक्रम समेत रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ‘दीर्घकालीन क्रियाशील नर्सरी व्यवसायी सम्मान’ र ‘वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मान’ बाट एक÷एक जना व्यवसायीलाई संम्मान गरिने कार्यक्रम पनि रहेको छ । संघकाअनुसार नेपालको नर्सरी क्षेत्रले वार्षिक ६ अर्व ४३ करोडको कारोवार गर्ने गरेको छ । देशभर रेहका ३ हजार ९ सय १ वटा पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरीले १ लाख २० हजार भन्दा बढीलाई रोजगारी सिर्जना गरेको संघले जनाएको छ । संघकाअनुसार नर्सरी क्षेत्रमा व्यवसायीहरुले ११ अर्ब ८३ करोड लगानी गरेका छन् ।

काठमाडौँ । नर्सरी व्यवसायी संघ, नेपालले तेस्रो संस्करणको नेशनल हर्टिकल्चर एक्स्पो २०८२ गर्ने भएको छ ।

संघले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरि चैत १९ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा एक्स्पो हुने जानकारी दिएको हो । मेलाले आर्थिक मन्दीका कारण सुस्ताएको हरित अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने संघका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रविन कुमार गौतमले जानकारी दिएका छन् । कृषि क्षेत्रमा लगानी र रोजगारीका अवसर विस्तार गर्न पनि योगदान पु¥याउने उनको विश्वास छ ।

उनकाअनुसार मेलामा देशभरका पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरी क्षेत्रका ७ सय भन्दा बढी प्रजातिका बिरुवाहरू प्रदर्शनी तथा विक्रीका लागि राखिनेछन् । मेलामा मलखाद, बीउबिजन, गमला, औजार उपकरण तथा आधुनिक कृषि प्रविधिसम्बन्धी सामग्रीसमेत उपलब्ध हुने उनले बताए । मेलामा ५६ वटा व्यवसायिक स्टल, २ वटा फुड स्टल, ३ वटा आधिकारिक स्टल र ४ वटा प्रतिस्पर्धात्मक स्टलसहित कुल ६५ वटा स्टल रहने छन् । उनकाअनुसार मेलामा करिव ५१ हजार दर्शकले अवलोकन गर्ने र १ करोड ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा नर्सरी व्यवसायीहरूबीच प्रतिस्पर्धा गराई उत्कृष्टलाई शिल्ड, नगद र प्रमाणपत्रले सम्मान गर्ने कार्यक्रम समेत रहेको उनले जानकारी दिएका छन् । उनका अनुसार ‘दीर्घकालीन क्रियाशील नर्सरी व्यवसायी सम्मान’ र  ‘वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मान’ बाट एक÷एक जना व्यवसायीलाई संम्मान गरिने कार्यक्रम पनि रहेको छ ।

संघकाअनुसार नेपालको नर्सरी क्षेत्रले वार्षिक ६ अर्व ४३ करोडको कारोवार गर्ने गरेको छ । देशभर रेहका ३ हजार ९ सय १ वटा पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरीले १ लाख २० हजार भन्दा बढीलाई रोजगारी सिर्जना गरेको संघले जनाएको छ । संघकाअनुसार नर्सरी क्षेत्रमा व्यवसायीहरुले ११ अर्ब ८३ करोड लगानी गरेका छन् ।


प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?