Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर


‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर

काठमाडौँ । नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टीभित्रको आन्तरिक कलह र गुटबन्दीले समग्र पार्टी नै कमजोर बनेको भन्दै नेतृत्वलाई दम्भ त्यागेर एकताको बाटो रोज्न आग्रह गरेका छन् ।

पार्टीभित्र पछिल्लो समय देखिएका असन्तुष्टि र समूहगत गतिविधिहरूलाई लिएर संस्थापन पक्षले ‘कारबाहीको डन्डा’ चलाउने तयारी गरिरहेको चर्चाका बीच बलायरले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले पार्टीभित्र भइरहेका गतिविधिहरूलाई ‘समानान्तर’ भन्न नमिल्ने तर्क गर्दै यसलाई काँग्रेसप्रतिको चिन्ता र चासोका रूपमा लिनुपर्ने बताए । उनले दुवै पक्षले दम्भ त्यागेर बीचको बाटो अपनाउनुको विकल्प नरहेको स्पष्ट पारेका छन् । पार्टीको वर्तमान अवस्थाप्रति टिप्पणी गर्दै बलायरले अहिले काँग्रेसमा कोही पनि चोखो नरहेको बताएका छन् ।

संस्थापन पक्षले कारबाहीको तयारी गरेको विषयमा टिप्पणी गर्दै बलायरले भने, ‘हिजो व्यक्तिपिच्छे यस्ता गतिविधि हुन्थे, अहिले समूहगत रूपमा भएका छन् । यो कुनै नौलो कुरा होइन । यसलाई अति रूपमा लिएर कारबाहीको डन्डा चलाउनुभन्दा एकताका उपायहरू खोजिनुपर्छ । अहिले काँग्रेसमा ‘ए टु जेड’ सबै खुइलिएका छन् । कोही कम होलान्, कोही बढी, तर कसैले कसैलाई खुइल्याएर कोही बलियो हुने परिस्थिति छैन । पार्टीले धेरै ठूलो धोका र अप्ठ्यारो बेहोर्नु परेको छ, यसलाई सबैले स्वीकार गरेर नयाँ उपायका साथ अगाडि बढ्नुपर्छ ।’

आम कार्यकर्तामा पार्टी विभाजित हुने हो कि भन्ने त्रास रहेको सन्दर्भमा बलायरले अर्को पार्टी गठन गर्नका लागि भएको भेला नभएको बताए । उनले अहिलेको अवस्थामा अतिवाद र चरम उत्कर्षमा पुगेर एकले अर्काको ‘वध’ गरेर कसैलाई पनि उपलब्धि नहुने चेतावनी दिएका छन् । आगामी दिनमा काँग्रेसलाई कसरी पुनर्ताजगी दिने भन्नेमा दुवै पक्ष जिम्मेवार र चिन्तित हुनुपर्नेमा उनले जोड दिएका छन् ।


प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?