Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे


नेपाली काँग्रेसका नेता बद्रीप्रसाद पाण्डेले पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिचेको आरोप लगाउनुभएको छ । मंगलवार पूर्णबहादुर खड्का र शेखर कोईराला पक्षको केन्द्रिय समिति बैठकका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यस विषयमा पार्टीले गम्भीर राजनीतिक समीक्षा गर्ने बताउनु भयो । राजनीतिक वृत्तका साथै कानूनी र मानवअधिकारवादी क्षेत्रबाट समेत यसमाथि प्रश्न उठेको उल्लेख गर्दै उहाँले पछिल्ला घटनाक्रमबारे अनौपचारिक भेलामार्फत छलफल र परामर्श अघि बढाइने जानकारी दिनुभयो । गत शनिवार जेन जी आन्दोलन दबाएको आरोपमा प्रहरीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकलाई ज्यान सम्बन्धी कसुरमा पक्राउ गरेको थियो । उहाँले भन्नुभयो, ‘पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा विधि र प्रक्रिया अवलम्वन नगरिएको भन्नेकुरामा राजनीतिक वृत्तमा मात्र नभई कानूनी र मानवअधिकारवादी क्षेत्रबाट समेत टिप्पणी आएको छ । यी विषयमा हामी समसामयिक राजनीतिक समीक्षा र छलफल गर्छौँ ।’ उहाँले पार्टीभित्रको आन्तरिक एकता र राष्ट्रिय राजनीतिका समसामयिक विषयमा छलफल गर्न काँग्रेस नेताहरूको अनौपचारिक भेला आयोजना गरिएको बताउनु भयो । पाण्डेले यस्ता अनौपचारिक छलफलहरूले नागरिक तहमा विश्वास जगाउने र देश निर्माणको बाटोमा सबैलाई गोलबन्द गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिशोधको राजनीतिभन्दा पनि स्वस्थ प्रतिष्पर्धा, हार्दिकता र मेलमिलापको माध्यमबाट देशको रूपान्तरण र समृद्धिको बाटो पक्रिनुपर्ने बताउनु भयो ।

काठमाडौँ । नेपाली काँग्रेसका नेता बद्रीप्रसाद पाण्डेले पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिचेको आरोप लगाएका छन् ।

मंगलवार पूर्णबहादुर खड्का र शेखर कोईराला पक्षको केन्द्रिय समिति बैठकका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले यस विषयमा पार्टीले गम्भीर राजनीतिक समीक्षा गर्ने बताएका छन् । राजनीतिक वृत्तका साथै कानूनी र मानवअधिकारवादी क्षेत्रबाट समेत यसमाथि प्रश्न उठेको उल्लेख गर्दै उनले पछिल्ला घटनाक्रमबारे अनौपचारिक भेलामार्फत छलफल र परामर्श अघि बढाइने जानकारी दिएका छन् । गत शनिवार जेन जी आन्दोलन दबाएको आरोपमा प्रहरीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकलाई ज्यान सम्बन्धी कसुरमा पक्राउ गरेको थियो ।

उनले भने, ‘पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा विधि र प्रक्रिया अवलम्वन नगरिएको भन्नेकुरामा राजनीतिक वृत्तमा मात्र नभई कानूनी र मानवअधिकारवादी क्षेत्रबाट समेत टिप्पणी आएको छ । यी विषयमा हामी समसामयिक राजनीतिक समीक्षा र छलफल गर्छौँ ।’

उनले पार्टीभित्रको आन्तरिक एकता र राष्ट्रिय राजनीतिका समसामयिक विषयमा छलफल गर्न काँग्रेस नेताहरूको अनौपचारिक भेला आयोजना गरिएको बताएका छन् । पाण्डेले यस्ता अनौपचारिक छलफलहरूले नागरिक तहमा विश्वास जगाउने र देश निर्माणको बाटोमा सबैलाई गोलबन्द गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले प्रतिशोधको राजनीतिभन्दा पनि स्वस्थ प्रतिष्पर्धा, हार्दिकता र मेलमिलापको माध्यमबाट देशको रूपान्तरण र समृद्धिको बाटो पक्रिनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?