Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

उपत्यकाको एकीकृत विकासका लागि फोरम गठन


काठमाडौँ, २७ फागुन।  काठमाडौँ उपत्यकाको एकीकृत विकास गर्नका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको संयोजकत्वमा उपत्यका प्रमुख प्रशासकीय अधिकृत फोरम गठन भएको छ । अन्तरपालिका सम्बन्ध, साझा कार्यक्रम, सहयोग र समन्वय सिकाइ, भोगाइ र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले फोरम गठन गरिएको हो ।

फोरममा सार्वजनिक महत्वका विषयमा समान धारणा निर्माण गर्ने, जनप्रतिनिधिबाट तर्जुमा भएका नीतिगत निर्णयमा समान बुझाइ बनाएर उपत्यका एकीकृत विकासमा काम गर्ने विषयमा छलफल गरिने कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए । उक्त फोरमले विशेषगरी उपत्यकाको सामुदायिक कुकुर र छाडा चौपाया व्यवस्थापन, डेङ्गीलगायत महामारी नियन्त्रण, वातावरणीय सुधार, ल्याण्डफिल साइटमा कमभन्दा कम फोहर लैजाने प्रणालीको विकास, सहरी उज्यालो, नदी व्यवस्थापन, सडक सञ्जालको प्रयोग, सार्वजनिक यातायात प्रणालीका विषयमा समेत सामूहिकरूपमा काम गर्ने छ ।

त्यसैगरी एकीकृत विद्युतीय सेवा सञ्चालनमा ल्याइएको, खरिद मूल्याङ्कन अधिकार विभाग र वडालाई दिइएको, आन्तरिक नियन्त्रण प्रणाली विकास गरिएको, वडाहरूको कार्यसम्पादन अनुगमन सूचक तयार पारिएको जस्ता कामलाई सिकाइका रूपमा अन्य पालिकामा विस्तार गरिने छ । फोरमले सामुदायिक विद्यालयहरूको सुधारका लागि प्रोफाइल तयार पारिएको, सहरी स्वास्थ्य क्लिनिकलाई स्तरोन्नति गरेर स्वास्थ्य प्रवद्र्धन केन्द्रका रूपमा रुपान्तरण प्रक्रिया सुरु गर्नेछ ।

विशेषज्ञ स्वास्थ्य सेवासहितका यी केन्द्र सञ्चालनमा सार्वजनिक सामाजिक उत्तरदायित्वको ढाँचा अवलम्बन गरिने उनले बताए । राजस्वको दर एउटै हुनुपर्ने, फोहरमैला व्यवस्थापनमा एउटै ढाँचाको कार्यक्रम चलाउनुपर्ने, पार्किङको मापदण्ड समान बनाउनुपर्ने विषय पनि फोरममा छलफल हुनेछ ।

साझा कार्यक्रमका विषयमा सिमाना जोडिएका नगरहरूका समान मापदण्ड बनाउन सके सेवाग्राहीमा सेवा सन्तुष्टि दिन सकिनेमा पनि छलफल अघि बढाइने अधिकारीले जानकारी दिए। कामपाको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको संयोजकत्वमा फोरम गठन भएको भए पनि अन्य सबै नगरपालिकाको प्रशासकीय प्रमुखहरू फोरमको सदस्यका रूपमा रहनेछन् । हाल उपत्यकामा दुई महानगरपालिकासहित १६ नगरपालिका छन् ।


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?