Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

म्याग्दी तथा हिमालपारिको प्रवर्द्धन सम्पन्न


२७ फागुन, गण्डकी । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)द्वारा आयोजित चार दिवसीय प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहयोगमा गरिएको प्रवद्र्धनात्मक कार्यक्रममा पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मीको सहभागिता थियो ।

कोरोनालगायतका विभिन्न कारणले सुस्ताएको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनका लागि चारदिने प्रवद्र्धन कार्यक्रम आयोजना गरिएको टेवानका अध्यक्ष कमला गिरीले जानकारी दिईन्‌ । प्रवद्र्धनकै अवसरमा युवा तथा महिला उद्यमीलाई लक्षित मुस्ताङमा डिजिटल मार्केटिङ तालिम गरिएको र म्याग्दीको बेनीमा महिला दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी बनेको उनले बताईन्‌।

प्रवद्र्धनकै क्रममा म्याग्दीको रुप्से झरना, गलेश्वरधाम, मुस्ताङको थकाली सामुदायिक होमस्टे ठिनी, ढुम्बा ताल, कागबेनी, मुक्तिनाथ हुँदै उपल्लो मुस्ताङको लोमन्थाङ, नेपाल–चीनबीचको कोरला नाकाआदिको स्थलगत अवलोकन गरिएको कार्यक्रम संयोजक शोभा अधिकारी पौडेलले जानकारी दिईन्‌ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देल, टेवानका पूर्वअध्यक्ष रेनु थापालगायत पर्यटनसम्बद्ध व्यवसायी एवं सञ्चारकर्मीको सहभागिता थियो । कार्यक्रमले म्याग्दी तथा मुस्ताङका पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुगेको अध्यक्ष गिरीले जानकारी दिए ।


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?