Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

म्याग्दी तथा हिमालपारिको प्रवर्द्धन सम्पन्न


२७ फागुन, गण्डकी । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)द्वारा आयोजित चार दिवसीय प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहयोगमा गरिएको प्रवद्र्धनात्मक कार्यक्रममा पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मीको सहभागिता थियो ।

कोरोनालगायतका विभिन्न कारणले सुस्ताएको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनका लागि चारदिने प्रवद्र्धन कार्यक्रम आयोजना गरिएको टेवानका अध्यक्ष कमला गिरीले जानकारी दिईन्‌ । प्रवद्र्धनकै अवसरमा युवा तथा महिला उद्यमीलाई लक्षित मुस्ताङमा डिजिटल मार्केटिङ तालिम गरिएको र म्याग्दीको बेनीमा महिला दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी बनेको उनले बताईन्‌।

प्रवद्र्धनकै क्रममा म्याग्दीको रुप्से झरना, गलेश्वरधाम, मुस्ताङको थकाली सामुदायिक होमस्टे ठिनी, ढुम्बा ताल, कागबेनी, मुक्तिनाथ हुँदै उपल्लो मुस्ताङको लोमन्थाङ, नेपाल–चीनबीचको कोरला नाकाआदिको स्थलगत अवलोकन गरिएको कार्यक्रम संयोजक शोभा अधिकारी पौडेलले जानकारी दिईन्‌ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देल, टेवानका पूर्वअध्यक्ष रेनु थापालगायत पर्यटनसम्बद्ध व्यवसायी एवं सञ्चारकर्मीको सहभागिता थियो । कार्यक्रमले म्याग्दी तथा मुस्ताङका पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुगेको अध्यक्ष गिरीले जानकारी दिए ।


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?