Trending
>>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

नेविसङ्घ काठमाडौँको अध्यक्षमा डङ्गोल


 २८ फागुन ,काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले काठमाडौँ जिल्लाको अध्यक्षमा मनिष डङ्गोललाई जिम्मेवारी दिएको छ ।

नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आगामी तीन महिनाभित्र नेविसङ्घको जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि शनिबार डङ्गोललाई जिम्मेवारी प्रदान गरेका हुन । डङ्गोल काठमाडौँ महानगरपालिका–२६ सामाखुशीका स्थायी बासिन्दा हुन्‌ ।

अध्यक्ष शेर्पाले नेविसङ्घ काठमाडौँको रिक्त अध्यक्ष पदमा सङ्घको विधान २०२७ को छैटौँ संशोधन २०७५ बमोजिम तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी डङ्गोललाई अध्यक्षको जिम्मेवारी दिएका हुन्‌ । नेविसङ्घको विधि, विधान र मर्यादाभित्र रहेर सङ्घलाई गतिशील बनाउने विश्वास सङ्घले लिएको छ ।


प्रकाशित मिति: २८ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?