Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

समाचार


‘ब्रेक शु’मा तस्करी गरेर ल्याइएको सुन २४ क्यारेटको भएको पुष्टि

४ भदाै, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि बरामद भएको सुन २४ क्यारेटको रहेको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सोमबार गरेको परीक्षणमा सुन २४ क्यारेट शुद्ध भएको पाइएको जानकारी दिइएको छ । गत श्रावण टक्सार महाशाखाले गालेर जोख्दा सुन ६० किलो ७८९ ग्राम रहेको पाइएको थियो ।

साउदी सीमा सुरक्षा गार्डले सयौं आप्रवासीको हत्या गरेको ह्युमन राइट्स वाचको भनाइ

४ भदाै, एजेन्सी । यमन हुँदै खाडी मुलुक प्रवेश गर्न खोज्ने इथियोपियाली आप्रवासीमाथि साउदी सीमा सुरक्षा गार्डले ‘विस्फोटक हतियार’ प्रहार गरेको ह्युमन राइट्स वाच (एचआर डब्लु) ले सोमबार जनाएको छ । रियादले तत्काल कुनै टिप्पणी नगरेका यी आरोपहरूले सोमाली प्रयद्वीप (हर्न अफ अफ्रिका) देखि साउदी अरेबियासम्म खतरनाक ‘पूर्वी मार्ग’ मा दुब्र्यवहारको

विद्युत महसुल नबुझाउने ग्राहक कालो सूचीमा

४ भदाै, बारा । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाले एक हजार ९७ जना सेवाग्राहीलाई कालो सूचीमा राखेको छ । जसमध्ये १४ जनाले भुक्तानी गरी पुनः विद्युत जडान गराएका छन् । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाका अनुसार अहिले पनि कालो सूचीमा रहेकाहरूबाट दुई करोड ६० लाख ८८ हजार ४८ रुपियाँ

चीनले घटायो ब्याजदर

४ भदाै, एजेन्सी। चीनको केन्द्रीय बैंकले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा कोभिड–१९ पछिको आर्थिक वृद्धिदरमा आएको सुस्तताको सामना गर्ने प्रयासस्वरुप सोमबार प्रमुख ब्याजदरमा कटौती गरेको छ । पिपुल्स बैंक अफ चाइना (पीबीओसी) ले एक विज्ञप्ति जारी गर्दै कर्पोरेट कर्जाका लागि महत्वपूर्ण रहेको एक वर्षे ऋणको प्रमुख ब्याज दर ३.५५ प्रतिशतबाट घटाएर ३.४५

बाढीले जोमसोम–कोरला सडक अवरुद्ध

४ भदाै, मुस्ताङ । खहरे खोला उर्लिएर आएपछि जोमसोम–कोरला सडक अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्ने सो सडक आइतबार रातिदेखि अवरुद्ध भएको हो । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको ताङ्बे भन्ने स्थानमा खहरे खोलामा आएको बाढीले सडक ठप्प बनाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ सुरू

४ भदाै, काठमाडाैँ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरू भएको छ । सिंहदरबारमा आज संसदीय सुनुवाइ समितिमा उनको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको हो । यसअघि उनिविरूद्ध परेको उजुरीका विषयमा सुनुवाइ भएको थियोे । उनिविरूद्ध तीनवटा उजुरी परेको थियोे । संवैधानिक परिषद्को बैठकले नाम सिफारिस गर्ने र संसदीय

श्रावण शुक्लपक्षको तेस्रो सोमबार : देशभरका शिवालयमा भक्तजनको भीड

४ भदाै, काठमाडाैँ । चान्द्रमासअनुसार श्रावण शुक्ल पक्षको तेस्रो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । यसवर्ष सौमास अनुसार साउन महिनामा अधिकमास परेकाले चान्द्रमास अनुसारका सोमबार पनि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तवजनको भीड लागेको हो । चान्द्रमासअनुसार श्रावण शुक्ल पक्षभर पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा

काठमाडौँ महानगरले श्रम बैंकमार्फत बेरोजगारलाई रोजगारीमा जोड्ने

४ भदाै, काठमाडाैँ । काठमाडाैँ महागरले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ । महानगरले सूचना जारी गर्दै श्रम बैंकमा आबद्ध हुन नगरक्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ । सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने सम्बन्धमा महानगरपालिकालाई आवश्यक पर्ने श्रमशक्तिको आपूर्तिलाई निरन्तरता

कोशी प्रदेशसभा : बैठक सञ्चालनको जिम्मा मन्सुरीलाई

४ भदाै, काठमाडाैँ । कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले बैठक सञ्चालनको जिम्मेवारी इस्राइल मन्सुरीलाई दिएकी छन् । उपसभामुख दनुवारले कोशी प्रदेश सचिवालयमार्फत मन्सुरीलाई उक्त जिम्मेवारी दिएकी हुन् । उपसभामुख दनुवारले सचिवालयमार्फत लेखेको पत्रमा भदौ ४ गते र तत्काल सोभन्दा पछिको सभाको बैठकको अध्यक्षता गरी सभाको बैठक सञ्चालन गर्न असमर्थ भएको

राष्ट्रपति पाैडेलले बोलाए सर्वदलीय बैठक

४ भदाै, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । राष्ट्रपति पौडेलले मङ्गलबार बिहान साढे ८ बजेको निम्ति बैठक बोलाएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई जानकारी दिए । बैठक राष्ट्रपति भवन शीतल निवासमा बस्नेछ । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरूको पहिलो पटक बैठक राखेका

सम्वन्धित समाचारहरु