Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

विद्युत महसुल नबुझाउने ग्राहक कालो सूचीमा


४ भदाै, बारा । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाले एक हजार ९७ जना सेवाग्राहीलाई कालो सूचीमा राखेको छ । जसमध्ये १४ जनाले भुक्तानी गरी पुनः विद्युत जडान गराएका छन् ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाका अनुसार अहिले पनि कालो सूचीमा रहेकाहरूबाट दुई करोड ६० लाख ८८ हजार ४८ रुपियाँ उठाउन बाँकी छ ।

जिल्लामा प्राधिकरणको कलैया, सिमरा र सिम्रौनगढगरी तीन वटा केन्द्रले अलगअलग एरियामा सेवा दिँदै आएको छ । त्यसमध्ये कलैया वितरण केन्द्रमा ६२ हजार २ सय २५ ग्राहक आबद्ध रहेका कार्यालय प्रमुख ऋषि कुमार वर्णवालले बताउनुभयो । “५८ हजार २ सय ६ जना ग्राहक रहेकोमा गत आर्थिक वर्ष २०७९-०८० मा ४ हजार १९ जना ग्राहक थप भएको छ, कलैया एरिया अन्तर्गत ९५.५ प्रतिशत विद्युतीकरण भएको छ,” उनले भने ।

आर्थिक वर्ष ०८० असार मसान्तसम्म ९५ करोड २५ लाख ८३ हजार ३३२ रुपियाँ पहिलेको विद्युत महसुल उठाउन बाँकी छ । ८ करोड ९६ लाख ९४ हजार ३२ युनिट विद्युत आयात गरेकोमा ५ करोड ९९ लाख ११ हजार ५११ युनिट विद्युत विक्री भएको र ३३.२ प्रतिशत विद्युत हस भएको प्रमुख वर्णवालले जानकारी दिए ।

५१ करोड ८६ लाख बराबरको विद्युत विक्री भएकोमा त्यसबापत ४७ करोड ५२ लाख रुपियाँ असुली भएको छ भने ४ करोड ३४ लाख रकम उठाउन बाँकी छ । विद्युत चोरीमा संलग्न रहेका दुई सय ६६ जनालाई पक्राउ गरिनुको साथै ३६५ वटा विभिन्न विद्युतीय उपकरणहरू नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडी बढाउँदा ३० लाख १९ हजार ८ सय ३१ रुपियाँ जरिवाना असुली गरिएको छ । उनीहरूले दुई लाख ४१ हजार युनिट विद्युत चोरी गरेको थियो ।

यसैगरी, सात करोड ४३ लाख ७१ हजार १३८ रुपियाँ विद्युत महसुल बाँकी राखेका एक हजार ११४ जना ग्राहकको लाइन काटिएपछि ८७३ जनाले तीन करोड ६० लाख १३ हजार ६९५ रुपियाँ तिरेर पुनः विद्युत जडान गराएको कार्यालयका सूचना अधिकारी एवम् लेखापाल राजीव कुमार साहले जानकारी दिनुभयो । उहाँका अनुसार गर्मी बढेसँगै विद्युत खपत बढेको छ, साथै विद्युत चोरी पनि बढेको छ । विद्युतीय भार बढेको कारण ६४ वटा ट्रान्सफर्मर जलेको छ, गतवर्ष ५३ वटा जलेको प्राधिकरणले जनाएको छ ।


प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?