Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

विद्युत महसुल नबुझाउने ग्राहक कालो सूचीमा


४ भदाै, बारा । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाले एक हजार ९७ जना सेवाग्राहीलाई कालो सूचीमा राखेको छ । जसमध्ये १४ जनाले भुक्तानी गरी पुनः विद्युत जडान गराएका छन् ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाका अनुसार अहिले पनि कालो सूचीमा रहेकाहरूबाट दुई करोड ६० लाख ८८ हजार ४८ रुपियाँ उठाउन बाँकी छ ।

जिल्लामा प्राधिकरणको कलैया, सिमरा र सिम्रौनगढगरी तीन वटा केन्द्रले अलगअलग एरियामा सेवा दिँदै आएको छ । त्यसमध्ये कलैया वितरण केन्द्रमा ६२ हजार २ सय २५ ग्राहक आबद्ध रहेका कार्यालय प्रमुख ऋषि कुमार वर्णवालले बताउनुभयो । “५८ हजार २ सय ६ जना ग्राहक रहेकोमा गत आर्थिक वर्ष २०७९-०८० मा ४ हजार १९ जना ग्राहक थप भएको छ, कलैया एरिया अन्तर्गत ९५.५ प्रतिशत विद्युतीकरण भएको छ,” उनले भने ।

आर्थिक वर्ष ०८० असार मसान्तसम्म ९५ करोड २५ लाख ८३ हजार ३३२ रुपियाँ पहिलेको विद्युत महसुल उठाउन बाँकी छ । ८ करोड ९६ लाख ९४ हजार ३२ युनिट विद्युत आयात गरेकोमा ५ करोड ९९ लाख ११ हजार ५११ युनिट विद्युत विक्री भएको र ३३.२ प्रतिशत विद्युत हस भएको प्रमुख वर्णवालले जानकारी दिए ।

५१ करोड ८६ लाख बराबरको विद्युत विक्री भएकोमा त्यसबापत ४७ करोड ५२ लाख रुपियाँ असुली भएको छ भने ४ करोड ३४ लाख रकम उठाउन बाँकी छ । विद्युत चोरीमा संलग्न रहेका दुई सय ६६ जनालाई पक्राउ गरिनुको साथै ३६५ वटा विभिन्न विद्युतीय उपकरणहरू नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडी बढाउँदा ३० लाख १९ हजार ८ सय ३१ रुपियाँ जरिवाना असुली गरिएको छ । उनीहरूले दुई लाख ४१ हजार युनिट विद्युत चोरी गरेको थियो ।

यसैगरी, सात करोड ४३ लाख ७१ हजार १३८ रुपियाँ विद्युत महसुल बाँकी राखेका एक हजार ११४ जना ग्राहकको लाइन काटिएपछि ८७३ जनाले तीन करोड ६० लाख १३ हजार ६९५ रुपियाँ तिरेर पुनः विद्युत जडान गराएको कार्यालयका सूचना अधिकारी एवम् लेखापाल राजीव कुमार साहले जानकारी दिनुभयो । उहाँका अनुसार गर्मी बढेसँगै विद्युत खपत बढेको छ, साथै विद्युत चोरी पनि बढेको छ । विद्युतीय भार बढेको कारण ६४ वटा ट्रान्सफर्मर जलेको छ, गतवर्ष ५३ वटा जलेको प्राधिकरणले जनाएको छ ।


प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?