काठमाडौं। काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले आज काठमाडौंमा यस वर्षकै कम तापक्रम (तीन दशमलव दुई) रेकर्ड गरिएको बताएका छन् । यसअघि गएको डिसेम्बर ५ तारिखमा न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री रेकर्ड गरिएको थियो
काठमाडौं। स्पेनिस ला-लिगा फुटबलमा जिरोना फेरि शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सेभियामाथि ५-१ को जित निकाल्दै जिरोना शीर्ष स्थानमा फर्किएको हो भने केही समय रियल मड्रिड शीर्ष स्थानमा रहेको थियो । त्यसैगरी, जिरोनाले सेभियामाथि पुनरागमन जित निकाल्दा अर्टिम डोवबीकले ह्याट्रिक गरेका थिए । दशौं मिनेटमा सेभियाले
काठमाडौं। ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कको सेयर विवादमा फसेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पत्रकार सम्मेलनको तयारी गरेका छन् । प्रतिनिधि सभा सदस्य समेत रहेका लामिछानेले आज साँझसम्म पत्रकार सम्मेलनमार्फत उठेका विषयमा जानकारी दिए तयारी थालेका हुन् । उनले सोमबार बिहान आफ्नो आधिकारिक फेसबुक पेजमार्फत
काठमाडौं। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले फौजदारी अपराधमा पीडितलाई न्याय दिलाउन प्रहरीले संवेदनशील भएर काम गरिरहेको बताएका छन् । उनले अपराधमा संलग्नहरू पीडितभन्दा मात्रै नभएर अनुसन्धानकर्ताभन्दा पनि शक्तिशाली र कानुनको ज्ञाता हुने गरेको बताए । त्यस्तै, अपराध अनुसन्धान विभागले सोमबार काठमाडौंमा गरेको अपराध अनुसन्धानसम्बन्धी समीक्षा गोष्ठीमा प्रहरी महानिरीक्षक कुँवरले
काठमाडौं। आकाशे पुलमा व्यानर लगाएर दृश्य प्रदुषण गरेको भन्दै काठमाडौं महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । उक्त महानगरपालिकाले त्यसरी व्यानर राखेर लामो समयसम्म पनि नहटाउने इन्नोभेटिभ कन्सेप्ट प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरी पुलमा राखिएको व्यानर जफत गरेको छ । त्यस्तै, महानगर प्रहरीले प्रशासनिक दण्ड, जरिवाना र जफत
दमौली,तनहुँ। तनहुँको देवघाट गाउँपालिका-२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ । दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । त्यस्तै,
टीकापुर। गत पुसदेखि कैलालीसहित तराईका जिल्लामा चिसो अत्यधिक बढेसँगै जनजीवन प्रभावित भएको छ । चिसोले मानिस मात्र नभई घर पालुवा जनावरलाई समेत समस्या भएको छ । त्यस्तै, चिसोका कारण पशु तथा जनावरमा ज्वरो आउने, काँप्ने र कतिपय अवस्थामा गाई वस्तुको मृत्युसमेत हुने गरेको किसानको गुनासो छ । ‘एकातिर घाम लागेको
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डको सानोठिमी भक्तपुरस्थित परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नियमित, ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचना प्रकाशित गरेको छ । त्यस्तै, कक्षा ११ र १२ मा अध्यापनका लागि सम्बन्धन प्राप्त माध्यमिक विद्यालय तथा क्याम्पसमा अध्ययन गरी २०८१ सालमा सञ्चालन
काठमाडौं। नेपाल, कम्बोडिया र बर्माका कलाकारले अमेरिकाको फिलाडेल्फियामा आइतबार आयोजित एक कार्यक्रममा आ–आफ्नो कला र संस्कृति प्रस्तुत गरेका छन् । त्यस्तै, सगरमाथा र लुम्बिनीको ब्यानरमा आयोजना गरिएको सो कार्यक्रममा ती कलाकारले आ–आफ्ना देशको गीत सङ्गीत एवं नृत्य प्रस्तुत गरेका हुन् । ‘इन्ट्रा कल्चरल इभेन्ट–२०२४’ नाम दिइएको सो कार्यक्रममा नेपालका सम्पदा
इलाम। नेपाल–भारत सीमा इलामको पशुपतिनगरबाट नेपाल प्रवेश गर्ने भारतीय सवारीलाई सहज भएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत रहने गरी आइतबारदेखि सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र सञ्चालनमा आएपछि भारतीय सवारी साधनलाई नेपाल प्रवेशमा सहजता हुने भएको हो । उक्त प्रदेश मन्त्रालयले भारतीय चार चक्के सवारी