Trending
>>   वेस्ट बैंकमा इजरायली सेनाद्वारा २ प्यालेस्टाइनीको हत्या >>   टर्किएद्वारा करिव १३ सय अनियमित आप्रवासी पक्राउ >>   तीन दिने अभियानमा ५.३ मिलियन अफगान बालबालिकालाई पोलियो खोप दिइने >>   बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान शुरु >>   भारतको मुद्रास्फीतिमा कमी आउने अनुमान >>   देशमा पश्चिमी वायुको सामान्य प्रभावः चार प्रदेशमा पानी पर्ने सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर १२ गते बुधबार,हेर्नुहोस आजको राशिफल >>   सहकारीमा कार्यरत कर्मचारीहरुलाई सुरक्षा कोषमा आवद्ध गर्न आवश्यकः मन्त्री अधिकारी >>   सेबोनका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए शपथ >>   एनपिएलको उत्कृष्ट नेपाली क्रिकेटरले ओमोडा गाडी पाउने
Logo
१२ मंसिर २०८१, बुधबार
१२ मंसिर २०८१, बुधबार

पत्रकार सम्मेलनको तयारीमा रवि लामिछाने


काठमाडौं। ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कको सेयर विवादमा फसेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पत्रकार सम्मेलनको तयारी गरेका छन् । प्रतिनिधि सभा सदस्य समेत रहेका लामिछानेले आज साँझसम्म पत्रकार सम्मेलनमार्फत उठेका विषयमा जानकारी दिए तयारी थालेका हुन् ।

उनले सोमबार बिहान आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी दिँदै पत्रकार सम्मेलन गर्ने संकेत गरेका हुन् । सेयर लिँदा सहकारीको रकम दुरुपयोग गरेको उनीमाथि आरोप छ । उनले लेखेका छन्, ‘गाली गर्न कोही छुट्नु भो कि? छुट्नु भएको भए गरिहालौँ है । मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु । मिडियामा निरन्तर आइरहेका ‘स्लिप’ मा कोही ‘स्लिप’ हुनैपर्दैन । बाँकी भ्याएसम्म आजै (सोमबार) साँझ प्रेस मिटको तयारी गर्दै छु । सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस् । त्यसैबाट सबै स्पष्ट पार्ने नै छु ।’

त्यस्तै, ग्यालेक्सी टेलिभिजन छाड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा भएको समाचार सार्वजनिक भएपछि लामिछाने चर्चामा रहेका छन् । लामिछानेले भने गोर्खा मिडियामा आफू स्वेट सेयर वा गुडविल सेयर लिएर गएको र कुनै आर्थिक कारोबार नगरेको बताउँदै आएका छन् ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?