Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

जिरोना ला-लिगा फुटबलको शीर्ष स्थानमा


काठमाडौं। स्पेनिस ला-लिगा फुटबलमा जिरोना फेरि शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सेभियामाथि ५-१ को जित निकाल्दै जिरोना शीर्ष स्थानमा फर्किएको हो भने केही समय रियल मड्रिड शीर्ष स्थानमा रहेको थियो ।

त्यसैगरी, जिरोनाले सेभियामाथि पुनरागमन जित निकाल्दा अर्टिम डोवबीकले ह्याट्रिक गरेका थिए । दशौं मिनेटमा सेभियाले अग्रता लिएको थियो । इसाक रोमेरोले गोल गर्दै अग्रता दिलाएका थिए, तर १३ औं मिनेटमा जिरोनका लागि अर्टिमले बराबरी गोल गरे ।

त्यस्तै, १५ औं मिनेटमा अर्टिमले दोस्रो तथा १९ औं मिनेटमा तेस्रो गोल गर्दै अर्टिमल ह्याट्रिककै पूरा गर्दा जिरोना ३-१ ले अघि बढेको थियो भने अर्टिमले ह्याट्रिक पूरा गर्न जम्मा ६ मिनेट लगाए । ५६ औं मिनेटमा भिक्टरले गोल गर्दा जिरोना ४-१ ले अघि बढेको थियो भने ८९ औं मिनेटमा क्रिष्टियन रिकार्डोले गोल गर्दै ५-१ को शानदार जित दिलाए ।

जितसँगै शीर्ष स्थानमा फर्किएको जिरोनाको २१ खेलबाट ५२ अंक रहेको छ । पराजित भएको सेभिल्ला १६ अंकका साथ तालिकाको १७ औं स्थानमा रहेको छ । त्यसैगरी दोस्रो स्थानमा रहेको रियल मड्रिड जिरोनाभन्दा १ अंकले पछि छ, तर उसले एक खेल कम पनि खेलेको छ ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?