Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

जिरोना ला-लिगा फुटबलको शीर्ष स्थानमा


काठमाडौं। स्पेनिस ला-लिगा फुटबलमा जिरोना फेरि शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सेभियामाथि ५-१ को जित निकाल्दै जिरोना शीर्ष स्थानमा फर्किएको हो भने केही समय रियल मड्रिड शीर्ष स्थानमा रहेको थियो ।

त्यसैगरी, जिरोनाले सेभियामाथि पुनरागमन जित निकाल्दा अर्टिम डोवबीकले ह्याट्रिक गरेका थिए । दशौं मिनेटमा सेभियाले अग्रता लिएको थियो । इसाक रोमेरोले गोल गर्दै अग्रता दिलाएका थिए, तर १३ औं मिनेटमा जिरोनका लागि अर्टिमले बराबरी गोल गरे ।

त्यस्तै, १५ औं मिनेटमा अर्टिमले दोस्रो तथा १९ औं मिनेटमा तेस्रो गोल गर्दै अर्टिमल ह्याट्रिककै पूरा गर्दा जिरोना ३-१ ले अघि बढेको थियो भने अर्टिमले ह्याट्रिक पूरा गर्न जम्मा ६ मिनेट लगाए । ५६ औं मिनेटमा भिक्टरले गोल गर्दा जिरोना ४-१ ले अघि बढेको थियो भने ८९ औं मिनेटमा क्रिष्टियन रिकार्डोले गोल गर्दै ५-१ को शानदार जित दिलाए ।

जितसँगै शीर्ष स्थानमा फर्किएको जिरोनाको २१ खेलबाट ५२ अंक रहेको छ । पराजित भएको सेभिल्ला १६ अंकका साथ तालिकाको १७ औं स्थानमा रहेको छ । त्यसैगरी दोस्रो स्थानमा रहेको रियल मड्रिड जिरोनाभन्दा १ अंकले पछि छ, तर उसले एक खेल कम पनि खेलेको छ ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?