Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

चिसोबाट किसानलाई पशु जोगाउन समस्या


टीकापुर। गत पुसदेखि कैलालीसहित तराईका जिल्लामा चिसो अत्यधिक बढेसँगै जनजीवन प्रभावित भएको छ । चिसोले मानिस मात्र नभई घर पालुवा जनावरलाई समेत समस्या भएको छ ।

त्यस्तै, चिसोका कारण पशु तथा जनावरमा ज्वरो आउने, काँप्ने र कतिपय अवस्थामा गाई वस्तुको मृत्युसमेत हुने गरेको किसानको गुनासो छ । ‘एकातिर घाम लागेको छैन, अर्कोतर्फ शीतलहरले पशुलाई जोगाउन कठिन भएको छ’, किसान पर्शु धामीले भने, ‘एक महिनादेखि भैँसीलाई गोठबाट बाहिर निकाल्न पाइएको छैन । भैँसीले चार लिटर दूध दिन्थ्यो, घटेर दुई लिटर भएको छ ।’

घाम नलाग्नुका साथै शीतलहरका कारण पशुलाई चरनको समेत समस्या भएको छ । पशुलाई गोठ बाहिर बाध्न, चराउन लैजान पनि कठिन भएको किसानको गुनासो छ । जानकी गाउँपालिकाका किसान रमेश विकका दुई बाख्रा चिसोले मरेका छन् । “बाख्रालाई चिसो लागेपछि जोगाउन सकिएन, चिसोले तीन दिनसम्म आगो बालेर आगोको छेउमा बाँधेर राख्यौँ, औषधि पनि खुवायौँ’, उनले भने, ‘तर पनि बचाउन सकिएन । जाडो सिजनमा बाख्रालाई आहाराको समेत समस्या हुने गर्छ ।’

उनका अन्य बाख्रा पनि घाँस तथा पानी राम्ररी नखाएर दुब्लाएका छन् । चिसो बढ्दै गएपछि पशुलाई आहारा व्यवस्थापन र न्यानो पार्न कठिनाइ भएको केमन व्यावसायिक गाई फार्मका सञ्चालक किसान चक्र बटालाले बताए ।’चिसोले हामीजस्ता व्यावसायिक रूपमा पशुपालन गर्नेलाई हैरानी भएको छ । मसँग ५० बढी गाईभैँसी छन्, यतिखेर दूध उत्पादन घटेको छ’, उनले भने, ‘लामो समय घाम नलागेका कारण लगाएको घाँस पनि वृद्धि भइरहेको छैन, जसले गर्दा पशुलाई पहिलेको तुलनामा आधा आहारामात्र खुवाउनुपर्ने बाध्यता हामीलाई छ ।’

त्यस्तै, किसान बटालाका अनुसार चिसोमा कामदारलाई पनि गाह्रो हुने, पशुमा स्वास्थ्य समस्या देखिने, मर्नेलगायतका समस्या हुने गरेका छन् । ‘चिसोले एउटा बाख्रा बिरामी भएर मर्‍यो’, उनले भने, ‘घाम नलागेका कारण गोठ सरसफाइमा समेत समस्या भइरहेको छ ।” मोहन्याल भैँसी फार्मका सञ्चालक दुर्गाप्रसाद जैसीले पनि चिसोले गर्दा दूध उत्पादनमा कमी भएको र पशुलाई आहारा उत्पादनमा समेत समस्या भइरहेको बताए । ‘चिसो मौसम पशुपालनका लागि उपयुक्त समय हैन, यस वर्ष अत्यधिक चिसो भएकाले हामीलाई त हैरानी भएको छ’, उनी भन्छन्, ‘दिउँसो घाम लागेको भए यति कठिन हुने थिएन, एक महिना पुग्न लाग्यो । पशुले घाम ताप्न पाएका छैनन्, आहारा घटेको छ भने चिसोमा पानी कम पिउने हुँदा उनीहरूलाई कुपोषणको समस्या हुन थालेको छ ।’

टीकापुर गौशालामा समेत चिसोले पशु जोगाउन समस्या भएको छ भने सयौँ पशुचौपाया रहेको गौशालामा गोठ अभावमा समेत समस्या भएको छ । त्यस्तै, चिसोबाट पशु जोगाउन ठाउँ ठाउँमा आगो ताप्ने व्यवस्था मिलाएको र टहरा निर्माण कार्य सुरु गरेको सामुदायिक पशु चौपाया तथा प्रवर्द्धन समितिका अध्यक्ष लोकबहादुर बुढा क्षेत्रीले बताए ।’हामीले करिब पाँच ठाउँमा रातदिन आगो बालिरहेका छौँ, नत्र पशु जोगाउन सकिँदैन’, उनले भने, ‘महायज्ञबाट उठेको रकमबाट गाई बस्ने गोठ निर्माण कार्य पनि सुरु भएको छ ।’

जाडोको समयमा चरनका लागि बाहिर नलगी लामो समयसम्म बाँधेर घाँस खुवाइन्छ । ‘दुधालु गाईबस्तुमा प्रोटिन, ऊर्जा र कुपोषणसम्बन्धी समस्या देखिने जोखिम हुन्छ’, पशु सेवा शाखा टीकापुरका प्रमुख श्यामराज पाण्डेले भने,’चिसोबाट जनावरलाई जोगाउन उचित प्रबन्ध गर्नुपर्छ ।’उनले चिसो मौसममा उत्पादनमा ह्रास आउने, पशु बिरामी हुने समस्या हुने भएकाले न्यानो पार्ने, तातोपानी खुवाउने, पोषणयुक्त आहारामा ध्यान दिन सुझाव दिएका छन् ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?