Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

अपराधीहरु अनुसन्धानकर्ताभन्दा धेरै शक्तिशाली हुन्छन्ः प्रहरी महानिरीक्षक कुँवर


काठमाडौं। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले फौजदारी अपराधमा पीडितलाई न्याय दिलाउन प्रहरीले संवेदनशील भएर काम गरिरहेको बताएका छन् ।

उनले अपराधमा संलग्नहरू पीडितभन्दा मात्रै नभएर अनुसन्धानकर्ताभन्दा पनि शक्तिशाली र कानुनको ज्ञाता हुने गरेको बताए । त्यस्तै, अपराध अनुसन्धान विभागले सोमबार काठमाडौंमा गरेको अपराध अनुसन्धानसम्बन्धी समीक्षा गोष्ठीमा प्रहरी महानिरीक्षक कुँवरले अपराध अनुसन्धानमा प्राथमिक जिम्मेवारी पाएको प्रहरीले आफ्नो दक्षता, क्षमता, श्रोतसाधन र जनशक्तिको आधारमा कानूनी राज्यको प्रत्याभूति गराउन प्रयास गरिरहेको बताएका छन् ।

उनले नेपाल प्रहरीले अनुसन्धानका लागि समयानुकुल प्रविधियुक्त विशिष्टीकृत र दक्ष जनशक्तिको व्यवस्था गर्दै लगेको बताए । ‘यहाँ पीडित र अनुसन्धानकर्ताभन्दा पीडक र पीडकलाई संरक्षण गर्नेहरु शक्तिशाली छन्, उनीहरुलाई झन् धेरै कानुनको ज्ञान छ,’ उनले भने, ‘त्यसकारण अनुसन्धानकर्तालाई संरक्षण र वृत्ति विकासका लागि समेत हामीले ध्यान पुर्‍याउनुपर्ने अवस्था रहेको छ ।’

‘अपराधको रोकथाम र अनुसन्धानको प्राथमिक अंगकोरुपमा जिम्मेवारी निर्वाह गर्दै आएको छ । त्यसअनुसार प्रहरीले पीडितलाई न्याय, अपराधीलाई सजाय र मानव अधिकारको सम्मान गर्दै विधिको शासन कायम गर्न निरन्तर काम गर्दै आएको छ,’ उनले भने ।

त्यस्तै, महानिरीक्षक कुँवरले फौजदारी अपराधमा पहिलो अनुसन्धानकर्ता नै प्रहरी भएकाले प्रहरीले कुनै गल्ती कमजोरी नगरीकन काम गर्न सक्नुपर्ने बताए । ‘संविधानको पाना र कानूनका दफामा जति नै शब्दहरु लेखेको भएपनि राज्यले अधिकार सुम्पिएका हामी र हाम्रो कार्यशैलीमा काँचुली नफेरेसम्म नागरिकले न्यायको प्रत्याभूति गर्न पाउँदैनन्, न्याय दिएरमात्रै हुँदैन, पीडितले न्यायको महसुस पनि गर्न पाउनुपर्छ,’ उनले भने ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?