Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

अपराधीहरु अनुसन्धानकर्ताभन्दा धेरै शक्तिशाली हुन्छन्ः प्रहरी महानिरीक्षक कुँवर


काठमाडौं। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले फौजदारी अपराधमा पीडितलाई न्याय दिलाउन प्रहरीले संवेदनशील भएर काम गरिरहेको बताएका छन् ।

उनले अपराधमा संलग्नहरू पीडितभन्दा मात्रै नभएर अनुसन्धानकर्ताभन्दा पनि शक्तिशाली र कानुनको ज्ञाता हुने गरेको बताए । त्यस्तै, अपराध अनुसन्धान विभागले सोमबार काठमाडौंमा गरेको अपराध अनुसन्धानसम्बन्धी समीक्षा गोष्ठीमा प्रहरी महानिरीक्षक कुँवरले अपराध अनुसन्धानमा प्राथमिक जिम्मेवारी पाएको प्रहरीले आफ्नो दक्षता, क्षमता, श्रोतसाधन र जनशक्तिको आधारमा कानूनी राज्यको प्रत्याभूति गराउन प्रयास गरिरहेको बताएका छन् ।

उनले नेपाल प्रहरीले अनुसन्धानका लागि समयानुकुल प्रविधियुक्त विशिष्टीकृत र दक्ष जनशक्तिको व्यवस्था गर्दै लगेको बताए । ‘यहाँ पीडित र अनुसन्धानकर्ताभन्दा पीडक र पीडकलाई संरक्षण गर्नेहरु शक्तिशाली छन्, उनीहरुलाई झन् धेरै कानुनको ज्ञान छ,’ उनले भने, ‘त्यसकारण अनुसन्धानकर्तालाई संरक्षण र वृत्ति विकासका लागि समेत हामीले ध्यान पुर्‍याउनुपर्ने अवस्था रहेको छ ।’

‘अपराधको रोकथाम र अनुसन्धानको प्राथमिक अंगकोरुपमा जिम्मेवारी निर्वाह गर्दै आएको छ । त्यसअनुसार प्रहरीले पीडितलाई न्याय, अपराधीलाई सजाय र मानव अधिकारको सम्मान गर्दै विधिको शासन कायम गर्न निरन्तर काम गर्दै आएको छ,’ उनले भने ।

त्यस्तै, महानिरीक्षक कुँवरले फौजदारी अपराधमा पहिलो अनुसन्धानकर्ता नै प्रहरी भएकाले प्रहरीले कुनै गल्ती कमजोरी नगरीकन काम गर्न सक्नुपर्ने बताए । ‘संविधानको पाना र कानूनका दफामा जति नै शब्दहरु लेखेको भएपनि राज्यले अधिकार सुम्पिएका हामी र हाम्रो कार्यशैलीमा काँचुली नफेरेसम्म नागरिकले न्यायको प्रत्याभूति गर्न पाउँदैनन्, न्याय दिएरमात्रै हुँदैन, पीडितले न्यायको महसुस पनि गर्न पाउनुपर्छ,’ उनले भने ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?