सिन्धुपाल्चोक । प्रमुख पर्यटकीय गाउँ हेलम्बुलाई चौतर्फी पर्खालले घेर्ने योजनाका साथ चीनको ग्रेटवाल जस्तै पर्यटन मार्ग (ग्रेटट्रेल) निर्माण भइरहेकाे छ । हेलम्बु भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि निर्माण गरिने ग्रेट ट्रेल मुलतः पदमार्ग हो । हेलम्बुको डाँडाकाँडामा रहने यो ग्रेट ट्रेलबाट हिमाल अवलोकनमा साथै यहाँ पाइने बन्यजन्तु रेडपान्डासमेत देख्न
काठमाडौँ । नेपाल र जापान दुई देशका बिचमा कुटनीतिक सम्बन्ध, सहर सहरका विचमा भगिनी सम्बन्ध र नागरिक तहमा पारिवारिक सम्बन्ध स्थापित भएको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । शिष्टाचार भेटका लागि आउनु भएका नेपालका लागि जापानको दूताबासका नियोग उपप्रमुख तामुरा टाकाहिरोसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्ने तय भएको हो । संसदको हिउँदे अधिवेशनमा पार्टीले खुल्नुपर्ने भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।
काठमाडौं । कांग्रेस उपसभापति समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पूर्वप्रधानमन्त्री तथा सन्तनेता कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति भएको बताएका छन् । ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले आफ्नो पूरै जीवन यो देश, देशको माटो, जनता र
काठमाडौँ । खुला मञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालिएको छ । अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको छ । सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाइनेछ । यसमाथि प्राकृतिक दुवो रोपिनेछ । सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी भन्नुहुन्छ, ‘दुबोसहितको चउर भएपछि जनसाधारणको बहुउपयोगमा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर. थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ । प्रमुख शाहको कार्यकक्षमा भएको भेटघाटमा आपसी विषयमा कुराकानी भएको थियो । भेटका क्रममा प्रमुख शाहले भन्नुभयो, ‘आपसी कार्यक्रमका रुपमा हामीले आइटी (सूचना प्रविधि) को तालिम चलाउन सक्छौँ
काठमाडौं। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३०.९२ अंकले घटेर बन्द भएको छ । यसदिन बजार १.४७ प्रतिशतले घटेर २०६७.०१ विन्दुमा बन्द भएको हो । बिहीबार चार अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो । १९ कम्पनीको सेयर मूल्य वृद्धि
ललितपुर। नख्खु कारागारमा रहेका आठ सय १६ जना कैदीबन्दीको आज आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ कीर्तिपुर आँखा अस्पतालले कारागारमा निःशुल्क आँखा जाँच गरेको अस्पतालका अध्यक्ष एवं आँखा रोग विशेषज्ञ प्रा.डा सविना श्रेष्ठले जानकारी दिएकी छन् । उक्त अस्पतालले चार दिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो ।
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रणको काम नेपालभित्रै गर्नसके राजश्वको ठूलो हिस्सा बाहिर जानबाट रोकिने बताएकी छन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा भएको छलफलमा बोल्दै मन्त्री शर्माले नेपालभित्रै सुरक्षण मुद्रणका काम गर्दा राजस्वको ठुलो हिस्सा बाहिर जानबाट रोकिने बताएकी
काठमाडौं। माघ २५ देखि राजधानीमा एसपावर क्यान इन्फोटेक २०२४ हुँदै छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा एसपावर क्यान इन्फोटेक २०२४ आयोजना गरिएको हो