Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

उपप्रमुख डंगोलसँग नियोग उपप्रमुख टाकाहिरोको शिष्टाचार भेट


काठमाडौँ । नेपाल र जापान दुई देशका बिचमा कुटनीतिक सम्बन्ध, सहर सहरका विचमा भगिनी सम्बन्ध र नागरिक तहमा पारिवारिक सम्बन्ध स्थापित भएको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । शिष्टाचार भेटका लागि आउनु भएका नेपालका लागि जापानको दूताबासका नियोग उपप्रमुख तामुरा टाकाहिरोसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

तामुराले राख्नुभएको, स्थानीय तहले प्रयोग गर्ने कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार सम्बन्धी जिज्ञासामा उत्तर दिँदै उपप्रमुख डंगोलले भन्नुभयो, ‘प्रमुखसँग कार्यकारी अधिकार हुने व्यवस्था छ । उपप्रमुखलाई बजेट तर्जुमा, राजस्व परामर्श, योजना अनुगमन, बजार अनुगमन, न्यायिक समितिको जिम्मेवारी हुन्छ ।’‘नेपालमा न्यायिक विकेन्द्रीकरणको सफल प्रयोग भइरहेको छ ।’ उपप्रमुख डंगोलले थप्दै भन्नुभयो, ‘हामी (न्यायिक समिति) ले प्रयोग गर्ने मेलमिलापको अधिकार वडाबाट सञ्चालन गर्ने प्रबन्ध गरेका छौँ । लैङ्गिक समस्या समाधान गर्न महिला जनप्रतिनिधिको संयोजकत्वमा महिला सञ्जाल गठन गरेका छौँ ।’

‘काठमाडौँ बस्नका लागि उपयुक्त ठाउँ हो । यहाँको सामाजिक व्यवस्था राम्रो छ ।’ काठमाडौँ सम्बन्धी आफ्नो बुझाइ राख्दै टाकाहिरोले, महिलाहरुको मुद्दा सुन्ने सामाजिक व्यवस्था, सार्वजनिक पदहरुमा महिलाहरुको सहभागिताका विषयमा जिज्ञासा राख्नुभएको थियो । छलफलका क्रममा सामाजिक तथा सांस्कृतिक सम्बन्ध र आदान प्रदानका कार्यक्रमका विषय समेटिएका थिए । भेटका क्रममा दूताबासका प्रथम सचिव योसिदा, महानगरपालिकाको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख यम बसेल, उपप्रमुख सचिवालयका प्रमुख सौरभ गौत्तम सहभागी हुनुहुन्थ्यो ।


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?