Trending
>>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

उपप्रमुख डंगोलसँग नियोग उपप्रमुख टाकाहिरोको शिष्टाचार भेट


काठमाडौँ । नेपाल र जापान दुई देशका बिचमा कुटनीतिक सम्बन्ध, सहर सहरका विचमा भगिनी सम्बन्ध र नागरिक तहमा पारिवारिक सम्बन्ध स्थापित भएको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । शिष्टाचार भेटका लागि आउनु भएका नेपालका लागि जापानको दूताबासका नियोग उपप्रमुख तामुरा टाकाहिरोसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

तामुराले राख्नुभएको, स्थानीय तहले प्रयोग गर्ने कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार सम्बन्धी जिज्ञासामा उत्तर दिँदै उपप्रमुख डंगोलले भन्नुभयो, ‘प्रमुखसँग कार्यकारी अधिकार हुने व्यवस्था छ । उपप्रमुखलाई बजेट तर्जुमा, राजस्व परामर्श, योजना अनुगमन, बजार अनुगमन, न्यायिक समितिको जिम्मेवारी हुन्छ ।’‘नेपालमा न्यायिक विकेन्द्रीकरणको सफल प्रयोग भइरहेको छ ।’ उपप्रमुख डंगोलले थप्दै भन्नुभयो, ‘हामी (न्यायिक समिति) ले प्रयोग गर्ने मेलमिलापको अधिकार वडाबाट सञ्चालन गर्ने प्रबन्ध गरेका छौँ । लैङ्गिक समस्या समाधान गर्न महिला जनप्रतिनिधिको संयोजकत्वमा महिला सञ्जाल गठन गरेका छौँ ।’

‘काठमाडौँ बस्नका लागि उपयुक्त ठाउँ हो । यहाँको सामाजिक व्यवस्था राम्रो छ ।’ काठमाडौँ सम्बन्धी आफ्नो बुझाइ राख्दै टाकाहिरोले, महिलाहरुको मुद्दा सुन्ने सामाजिक व्यवस्था, सार्वजनिक पदहरुमा महिलाहरुको सहभागिताका विषयमा जिज्ञासा राख्नुभएको थियो । छलफलका क्रममा सामाजिक तथा सांस्कृतिक सम्बन्ध र आदान प्रदानका कार्यक्रमका विषय समेटिएका थिए । भेटका क्रममा दूताबासका प्रथम सचिव योसिदा, महानगरपालिकाको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख यम बसेल, उपप्रमुख सचिवालयका प्रमुख सौरभ गौत्तम सहभागी हुनुहुन्थ्यो ।


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?