Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

सुरक्षण मुद्रणको काम नेपालमै गर्न सके राजश्वको ठूलो हिस्सा बाहिर जाँदैनः मन्त्री शर्मा


काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रणको काम नेपालभित्रै गर्नसके राजश्वको ठूलो हिस्सा बाहिर जानबाट रोकिने बताएकी छन् ।

बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा भएको छलफलमा बोल्दै मन्त्री शर्माले नेपालभित्रै सुरक्षण मुद्रणका काम गर्दा राजस्वको ठुलो हिस्सा बाहिर जानबाट रोकिने बताएकी हुन् ।

उनले सुरक्षण मुद्रणका कामहरु संवेदनशील भएको भन्दै राष्ट्रिय सुरक्षाको लागि पनि नेपाल भित्रै गर्नुपर्ने बताएकी छन् । उनले सुरक्षण मुद्रणको विषय गठन आदेशको आधारमा चल्दै आएको उल्लेख गर्दै कानुन बनेपछि गठन आदेश खारेज हुने र कानुन अनुरुप चल्ने बताइन् ।

उनले नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, बैंक नोट, भिसा स्ट्रिकर, हुलाक टिकट र अन्य शुल्क स्ट्रिकर प्रकाशन गर्नेगरी विधेयक अगाडी बढाइएको बताइन् । त्यस्तै सवारी चालक अनुमतिपत्र, जग्गा धनि दर्ता प्रमाण पुर्जा, डिजिटल नक्सा लगायत नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी मुद्रण सम्बन्धी सामग्रीहरु प्रकाशन गर्ने तोकेर विधेयक अगाडी बढाएको स्पष्ट पारिन् ।

उनले भनिन्,‘सुरक्षण मुद्रणजस्तो महत्त्वपूर्ण विषय गठन आदेशको हिसाबमा चलाउँदै आएका थियौँ । यो कानुन बनिसकेपछि त्यो गठन आदेश खारेज हुने र कानुनतः अगाडि बढ्ने सन्दर्भमा सुरक्षण मुद्रणलाई व्यवस्थित ढंगले यसका कामहरु अगाडि बढ्छन् ।

सुरक्षण मुद्रणका कामहरु संवेदनशील कामहरु पनि हुन् । ती संवेदनशील कामहरु हाम्रो देशभित्रै छपाई गर्न थाल्यौँ भने देशको ठूलो हिस्साको राजश्व बाहिर जानबाट बच्छ र हाम्रो आफ्नो राष्ट्रिय सुरक्षाका हिसाबले पनि यो धेरै महत्त्वपूर्ण हुन्छ भन्ने लागेको छ ।’

 


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?