Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

नेप्सेमा उच्च अंकको गिरावट


काठमाडौं। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३०.९२ अंकले घटेर बन्द भएको छ । यसदिन बजार १.४७ प्रतिशतले घटेर २०६७.०१ विन्दुमा बन्द भएको हो । बिहीबार चार अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो ।

१९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २२६ कम्पनीको सेयर मूल्य घटेको छ भने मञ्जुश्री फाइनान्स लिमिटेडको सेयर मूल्य भने स्थिर छ । त्यस्तै, समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.१० प्रतिशतले वृद्धि भएको छ भने साम्लिङ पावर कम्पनीको सेयर मूल्य ९.४२ प्रतिशतले घटेको छ ।

हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ५४ करोड एक लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ भने उक्त कारोबारमा आएका १३ समूहमध्ये फाइनान्स समूहको परिसूचक वृद्धि भएको छ । फाइनान्स समूहको परिसूचक ०.२१ प्रतिशतले वृद्धि भएको छ भने बाँकी १२ समूहको परिसूचक घटेको छ ।

सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह छ । उक्त समूहको परिसूचक २.३५ प्रतिशतले घटेको छ ।


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?