Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

नेप्सेमा उच्च अंकको गिरावट


काठमाडौं। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३०.९२ अंकले घटेर बन्द भएको छ । यसदिन बजार १.४७ प्रतिशतले घटेर २०६७.०१ विन्दुमा बन्द भएको हो । बिहीबार चार अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो ।

१९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २२६ कम्पनीको सेयर मूल्य घटेको छ भने मञ्जुश्री फाइनान्स लिमिटेडको सेयर मूल्य भने स्थिर छ । त्यस्तै, समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.१० प्रतिशतले वृद्धि भएको छ भने साम्लिङ पावर कम्पनीको सेयर मूल्य ९.४२ प्रतिशतले घटेको छ ।

हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ५४ करोड एक लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ भने उक्त कारोबारमा आएका १३ समूहमध्ये फाइनान्स समूहको परिसूचक वृद्धि भएको छ । फाइनान्स समूहको परिसूचक ०.२१ प्रतिशतले वृद्धि भएको छ भने बाँकी १२ समूहको परिसूचक घटेको छ ।

सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह छ । उक्त समूहको परिसूचक २.३५ प्रतिशतले घटेको छ ।


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?