Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

नख्खु कारागारमा निःशुल्क आँखा परीक्षण शिविर


ललितपुर। नख्खु कारागारमा रहेका आठ सय १६ जना कैदीबन्दीको आज आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ कीर्तिपुर आँखा अस्पतालले कारागारमा निःशुल्क आँखा जाँच गरेको अस्पतालका अध्यक्ष एवं आँखा रोग विशेषज्ञ प्रा.डा सविना श्रेष्ठले जानकारी दिएकी छन् ।

उक्त अस्पतालले चार दिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । प्रा.डा श्रेष्ठले भनिन्, “आँखा जाँच गरिएकामध्य चार सय कैदीबन्दीमा दृष्टिदोषको समस्या देखिएको छ भने नौ जना मोतिविन्दुका बिरामी भेटिएका छन्”, अस्पताल व्यवस्थापक दीपक बोहोराले भने । उनका अनुसार एक सय ४८ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ भने शिविरमा भेटिएका नौ जना मोतिविन्दुका बिरामीलाई शल्यक्रियाको सेवा पनि निःशुल्क उपलब्ध गराइने छ ।

“सामान्यत वर्षमा दुई पटक सबैले नियमित आँखा परीक्षण गर्नुपर्छ तर कारागारमा रहेका कैदीबन्दी वर्षौंदेखि आँखा उपचारको पँहुचबाट टाढा रहेको थाहा पाएपछि उनीहरुलाई आँखा स्वास्थ्यको पहुँचमा ल्याउन निःशुल्क शिविरको आयोजना गरेका हौ”, प्रा.डा श्रेष्ठले भनिन् ।

प्रोफेसनल सपोर्ट सर्भिस नेपालको समेत सहयोगमा सञ्चालन गरेको उक्त शिविरमा प्रा।डा श्रेष्ठको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षण गरेको थियो ।


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?