वालिङ,स्याङ्जा। कुनै बेला वालिङ नगरपालिका–५ पाँडेथोकका अधिकांश किसानले उत्पादन गरेको कृषि उपजको बजारीकरणका लागि समस्या रहे पनि अहिले सडक पुगेपछि सहज भएको छ । उक्त गाउँमा उत्पादन भएको मौसमी तथा बेमौसमी तरकारी, फलफूल डोकामा बोकेर वालिङ बजार लैजानुपर्ने बाध्यता थियो । कृषि उपजको बजारीकरणका लागि गाउँमै बिना विद्युतीय रोपवे (ग्राभिटी
फिक्कल,इलाम। इलामको देउमाई नगरपालिकाले सुत्केरीलाई पोषण भत्ता र मृतकका परिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराउँदै आएको छ । त्यस्तै, सुत्केरी शिशु पोषण व्यवस्थापान कार्यक्रमअन्तर्गत गत आव २०७९/८० मा नगरभित्रका तीन सय १२ जना सुत्केरीलाई रू पाँच हजारका दरले रू १५ लाख ६० हजार पोषण भत्ता वितरण गरिएको नगरपालिकाका लेखा अधिकृत
मान्म,कालीकोट। नेपाल सरकारका पूर्वसूचना तथा सञ्चार सहायक राज्यमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । कलेजो रोगले ग्रसित न्यौपानेको उपचारका क्रममा आज बिहान ४ बजे भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा निधन भएको हो । मिर्गौला रोगपीडितसमेत रहनुभएका पूर्णमन्त्री न्यौपानेको उपचारका क्रममा अस्पतालमै निधन भएको उनका आफन्त रहेका अधिवक्ता उमाकान्त न्यौपानेले बताए
एजेन्सी । गुगलको मातृ कम्पनी अल्फाबेटले प्ले स्टोरको एकाधिकार सम्बन्धी मुद्दामा ७० करोड डलर अर्थात् करिब ९३ अर्ब रुपैयाँ जरिवाना तिर्ने भएको छ । त्यस्तै, अमेरिकाका ५० वटा राज्य तथा उपभोक्ताहरुले दायर गरेको मुद्दामा ७० करोड डलर क्षतिपूर्ति तिर्न गुगल तयार भएको हो । त्यसैगरी, ७ करोड डलर ५० वटा
काठमाडौं । नेपाल प्रहरीमा रिक्त ७ प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि १२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतिष्पर्धामा रहेका छन् । त्यसैगरी, ५ मंसिरमा पाँच एसपी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि रिक्त एसपीको संख्या ७ पुगेको थियो । त्यसका लागि अघिल्लो एसपी बढुवामा छुटेका १२ जना डीएसपी
हिमालयन बैंकले यस पटक सेयरधनीलाई लाभांश नदिने भएको छ । उक्त बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश वितरण नगर्ने र गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो । सो बैंकले विगतमा सेयरधनीलाई राम्रो लाभांश दिँदै आएको थियो भने गत आर्थिक वर्ष ११.११ प्रतिशत
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाल्पा जिल्ला सम्मेलन गर्दा लापरबाही भएको भन्दै माफी मागेका छन् । नेपाली कांग्रेसको पाल्पा जिल्ला सम्मेलन गत मंसिर ३० गते तानसेन नगरपालिकाको भवनमा भएको थियो भने उक्त नगरपालिकाको मुल ब्यानर छोपेर नेपाली कांग्रेसको ब्यानर राखिएको थियो । सो नगरपालिकाका भवनभरी नै कांग्रेसको झण्डा र
काठमाडौं। राज्य व्यवस्था समितिले प्रधान सेनापति प्रभुराम शर्मासँग छलफल गरिरहेको छ । प्रधानसेनापति शर्मासँग काठमाडौं–निजगढ फास्ट ट्रयाक र दार्चुलामा नेपाली सेनाले बनाइराखेको तुसर पानी–कोठेधार–तिंकर सडकका सम्बन्धमा समितिले छलफल गरिरहेको हो । उक्त राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाक निर्माण नेपाली सेनाले गर्दै आएको छ भने प्राविधिक मूल्यांकनमा फेल भएको कालिका कन्स्ट्रक्सनलाई
काठमाडौं। सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सबै ६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । सुनुवाइ समितिका सदस्य लिलानाथ श्रेष्ठले न्यायाधिशमा सिफारिस सबै ६ जनाको नाम अनुमोदन भएको जानकारी दिएका छन् । त्यस्तै, न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश
काठमाडौं। नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा दुई वैदेशिक रोजगार व्यवसायी (मेनपावर सञ्चालक) पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि साउदी अरब पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौंको पुरानो बानेश्वरस्थित ओसो रिक्रुटिङ मेनपावरका सञ्चालकसहित दुई जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरी सार्वजनिक