Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

एकाधिकारको मुद्दामा गुगलले ९३ अर्ब जरिवाना तिर्ने


एजेन्सी । गुगलको मातृ कम्पनी अल्फाबेटले प्ले स्टोरको एकाधिकार सम्बन्धी मुद्दामा ७० करोड डलर अर्थात् करिब ९३ अर्ब रुपैयाँ जरिवाना तिर्ने भएको छ । त्यस्तै, अमेरिकाका ५० वटा राज्य तथा उपभोक्ताहरुले दायर गरेको मुद्दामा ७० करोड डलर क्षतिपूर्ति तिर्न गुगल तयार भएको हो ।

त्यसैगरी, ७ करोड डलर ५० वटा अमेरिकी राज्य तथा १० लाख डलर मुद्दाको प्रशासनिक खर्चका लागि छुट्टाइएको छ भने सहमति बमोजिम गुगलले आगामी ७ वर्षसम्म गुगलले एन्ड्रोइड मोबाइलमा गुगल प्ले बाहेकका माध्यमबाट समेत थर्ड पार्टी एपहरु डाउनलोड गर्ने सुविधा दिनेछ ।

उक्त उजुरीमा एन्ड्रोइड एपस्टोरको बजारमा गुगलले प्रतिस्पर्धा विरोधी अवैधानिक एकाधिकार कायम गरेको, एन्ड्रोइड एपहरुको मूल्य बढाएको, गुगल प्लेका कारोबारमा ३० प्रतिशतसम्म कमिसन लिएको लगायतका अभियोग लगाइएको छ । उक्त मुद्दामा ७० करोड तिरेर मिलापत्र गर्न गुगल सहमति भएको छ ।

त्यसैगरी, यस विषयमा गुगलले गरेको प्रस्ताव अनुसार ६२ करोड ९० लाख डलर रकम उपभोक्ताहरुलाई जानेछ जसले एपहरु खरिद गर्दा वा एपमार्फत् कारोबार गर्दा बढी रकम तिर्नुपरेको थियो ।


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?