Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

एकाधिकारको मुद्दामा गुगलले ९३ अर्ब जरिवाना तिर्ने


एजेन्सी । गुगलको मातृ कम्पनी अल्फाबेटले प्ले स्टोरको एकाधिकार सम्बन्धी मुद्दामा ७० करोड डलर अर्थात् करिब ९३ अर्ब रुपैयाँ जरिवाना तिर्ने भएको छ । त्यस्तै, अमेरिकाका ५० वटा राज्य तथा उपभोक्ताहरुले दायर गरेको मुद्दामा ७० करोड डलर क्षतिपूर्ति तिर्न गुगल तयार भएको हो ।

त्यसैगरी, ७ करोड डलर ५० वटा अमेरिकी राज्य तथा १० लाख डलर मुद्दाको प्रशासनिक खर्चका लागि छुट्टाइएको छ भने सहमति बमोजिम गुगलले आगामी ७ वर्षसम्म गुगलले एन्ड्रोइड मोबाइलमा गुगल प्ले बाहेकका माध्यमबाट समेत थर्ड पार्टी एपहरु डाउनलोड गर्ने सुविधा दिनेछ ।

उक्त उजुरीमा एन्ड्रोइड एपस्टोरको बजारमा गुगलले प्रतिस्पर्धा विरोधी अवैधानिक एकाधिकार कायम गरेको, एन्ड्रोइड एपहरुको मूल्य बढाएको, गुगल प्लेका कारोबारमा ३० प्रतिशतसम्म कमिसन लिएको लगायतका अभियोग लगाइएको छ । उक्त मुद्दामा ७० करोड तिरेर मिलापत्र गर्न गुगल सहमति भएको छ ।

त्यसैगरी, यस विषयमा गुगलले गरेको प्रस्ताव अनुसार ६२ करोड ९० लाख डलर रकम उपभोक्ताहरुलाई जानेछ जसले एपहरु खरिद गर्दा वा एपमार्फत् कारोबार गर्दा बढी रकम तिर्नुपरेको थियो ।


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?