Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नेपाल प्रहरीमा ७ एसपी पदका लागि १२ डीएसपीबीच प्रतिष्पर्धा


काठमाडौं । नेपाल प्रहरीमा रिक्त ७ प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि १२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतिष्पर्धामा रहेका छन् ।

त्यसैगरी, ५ मंसिरमा पाँच एसपी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि रिक्त एसपीको संख्या ७ पुगेको थियो । त्यसका लागि अघिल्लो एसपी बढुवामा छुटेका १२ जना डीएसपी प्रतिष्पर्धामा छन् ।

२०६१ सालमा प्रहरी निरीक्षकबाट भर्ना भएका टोलीमध्ये अहिले बढुवाका लागि प्रदीपबहादुर क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार र निरञ्जनदत्त भट्ट प्रतिष्पर्धामा छन् भने राजन लिम्बु, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे पनि प्रतिष्पर्धामा छन् ।

त्यस्तै, लिम्बु र तामाङ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका निजी सुरक्षा अधिकृत (पीएसओ) का रुपमा काम गरेको अफिसर हुन् । घिमिरे हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पीएसओ बसिसकेका अधिकृत हुन् ।

प्रहरीमा पछिल्लो केही समययता सिनियरिटीका आधारमा बढुवा हुँदै आएकाले त्यही कायम हुनुपर्ने भन्दै शीर्ष ७ मा रहेकाहरुले लबइङ गरिरहेका छन् । यद्यपि, वरीयतामा पछाडि रहेका राजन लिम्बु, सन्तोष तामाङ र विनोद घिमिरेले पनि शक्तिकेन्द्रमार्फत प्रहरी नेतृत्वसामू दबाब दिइरहेको प्रहरी अधिकृतहरु बताउँछन् ।

त्यस्तै, तीन जनालाई बढुवा गराउन तीब्र दबाब आएपछि प्राविधिक तर्फको एउटा दरबन्दी जनपथतर्फ ल्याएर रिक्त दरबन्दी बढाउने प्रयास समेत भएको थियो । एसएसपी मोहन पोख्रेलले राजीनामा दिएपछि खाली रहेको दरबन्दीमा समेत बढुवा गरेर दुई जनालाई बढुवा गर्न लबइङ भएको थियो । यद्यपि, हालसम्म त्यो प्रस्ताव अघि बढेको छैन ।

प्रहरी अधिकृतहरुका अनुसार, वरियताक्रम अनुसार बढुवा हुने भए केही दिनअघि नै सूचना निस्किसक्थ्यो,तर वरियतामा पछाडि रहेकाहरुको तीव्र लबइङका कारण बढुवामा ढिलाइ भएको अधिकृतहरु बताउँछन् ।

विगतमा अवैज्ञानिक रुपमा बढुवामा छुटाइएको भन्दै एसपी नरेन्द्र उप्रेती, आभुषण तिम्सिना लगायतले राजीनामा दिएका थिए ।

 


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?