३१ श्रावण, काठमाडाैँ । मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने, “जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ ।” जग्गा कित्ताकाटबारे
३१ श्रावण, जनकपुर । युवा समूहले जानकी मन्दिर प्राङ्गणमा लगाइएको मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको पोस्टर (ब्यानर) हटाएको छ । मास नामक युवा समूहले मन्दिर प्राङ्गणमा लगाइएको मुख्यमन्त्री यादवको ठुलो पोस्टर हटाएको हो । ती पोस्टरले मन्दिरको सौन्दर्यमा नकारात्मक असर पारेको भन्दै युवा समूहले मुख्यमन्त्रीसहित अन्य व्यापारिक प्रयोजनका लागि लगाइएका पोस्टरसमेत फालेको छ ।
३१ श्रावण, झापा । झापाको कमल गाउँपालिका वडा नं. ५ स्थित पाडाजुङ्गी सडक खण्डमा मङ्गलवार बेलुका सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । विआर ११ एपी ४१४१ नम्बर प्लेटको भारतीय सवारी साधनले ठक्कर दिँदा कमल वडा नं. ४ का मे ७ प ४६४४ नम्बरको मोटरसाइकलमा सवारमा ६८ बर्षीय शान्तिराम
३१ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको कार्य समितिले पूर्णता पाएको छ। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा ७११ सदस्यीय केन्द्रीय समिती गठन गरेका छ्न । जसमा १० जना डाक्टर, २७ जना इन्जिनियर, अधिवक्ता, सि.ए. र विभिन्न विश्वविद्यालय र ख्याति प्राप्त अन्तर्राष्ट्रिय विश्वविद्यालयमा
३१ श्रावण, झापा । झापामा आर्थिक वर्ष २०७९÷८० मा २० हजार छ सय जनाले आयुर्वेदिक उपचार सेवा लिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अनिलकुमार यादवका अनुसार आयुर्वेदिक चिकित्सा पद्धतिप्रति बढ्दो विश्वास र सर्वसुलभ भएकाले यसप्रति सेवाग्राहीको आकर्षण बढेको हो । उनका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा १७ हजार
३१ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसका सांसद् चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् । उनी नियमित उपचारका लागि कीर्तिपुर बर्न अस्पतालमा भर्ना भएको जानकारी दिइएको छ । गत फागुनमा आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेका उनको भारतको अस्पतालमा उपचार गरिएको थियो । सोही उपचारको फलोअपका लागि उनी भर्ना भएको
३१ ,श्रावण ,काठमाडौँ । नेविसंघ केन्द्रीय सदस्य विनाेदराज जाेशीले १२ ओै महाधिवशेनकाे मिति ताेक्न र विगतमा संगठनमा याेगदान गरेरपनि छुटेकाहरूलाई समेट्न माग गर्दै अध्यक्ष दुजाङ शेर्पालाई ज्ञापनपत्र बुझाएका छन् । मंगलबार अध्यक्ष शेर्पालाई भेटेरै केन्द्रीय सदस्य जाेशीले ३ बुँदे माग पेश गरेका हुन् । जाेशीले केही केन्द्रीय सदस्यहरूले राजीनामा दिएकाे
३१ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले प्रस्तावित शिक्षा ऐन–२०८० मार्फत शिक्षकले उठाएका माग सम्बोधन गर्न आग्रह गरेको छ । नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी सरकारले सार्वजनिक गरेको विद्यालय शिक्षा ऐन, २०८० ले प्रबन्ध गरेका केही दफा संविधान
३१ ,श्रावण ,काठमाडौँ । विशेष अदालतले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भ्रष्टाचार आरोपमा दोषी ठहर गरेको छ । न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले हिजो घुस र हिनामिना गरेको विभिन्न पाँचवटा कसुरमा दोषी ठहर गरेको हो । अदालतले निजलाई एक वर्ष कैद, रु चार लाख
३१ ,श्रावण ,काठमाडौँ । पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको हिजो बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ र पेट्रोल प्रतिलिटरमा रु पाँचले बढाएर मूल्य समायोजन गरेको हो । निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु एक सय ७५ र डिजेल तथा