Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

शिक्षा ऐनमार्फत शिक्षकका माग सम्बोधन गर्न आग्रह


३१ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले प्रस्तावित शिक्षा ऐन–२०८० मार्फत शिक्षकले उठाएका माग सम्बोधन गर्न आग्रह गरेको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी सरकारले सार्वजनिक गरेको विद्यालय शिक्षा ऐन, २०८० ले प्रबन्ध गरेका केही दफा संविधान प्रदत्त ट्रेड युनियन अधिकार, पेसागत सुरक्षा र संस्थागत हकहितको खिलाफमा रहेकाले त्यसलाई सच्याउन माग गरेका हुन् ।

“मस्यौदाले देशभर कार्यरत लाखौँ स्थायी, अस्थायी/करार, राहत, साविक उच्च मावि शिक्षक, बाल विकास शिक्षा, शिक्षण सिकाइ अनुदान शिक्षक, प्राविधिक धारलगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारीका माग मुद्दाको न्यायोचित सम्बोधन गर्न उदासीन रहेको देखिन्छ”, महासचिव राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विसं २०७५ तथा त्यसपछि स्थायी भई कार्यरत शिक्षकलाई पेन्सन प्रयोजनमा यस मस्यौदाले थप अन्योल र अन्याय थपेको बताइएको छ ।

देश विकास र गुणस्तरीय शिक्षा उत्पादन गर्न पेसाप्रतिको आकर्षण र सम्मान गर्नुपर्ने ठाउँमा झन उल्टै शिक्षक तथा शिक्षक कर्मचारी श्रमिक विरोधी ऐन ल्याउन खोजिएको नेपाल ट्रेड युनियन कांग्रेसले जनाएको छ ।

विद्यालय शिक्षा ऐन संशोधनसहित पुनः संसद्मा पेश गर्न नेपाल ट्रेड युनियन कांग्रेसले सरकारसँग आग्रह गरेको छ । नेपाल शिक्षक महासङ्घले यही साउन २८ गतेदेखि सञ्चालन गरिरहेको विरोधका कार्यक्रम आफ्नो समर्थन र ऐक्यबद्धता रहेको नेपाल ट्रेड युनियन कांग्रेसले जनाएको छ ।


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?