Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नेविसंघ अध्यक्षलाई जोशीको पत्र: मनोनीत केन्द्रीय सदस्यकाे जिम्मेवारी परित्याग गलत


३१ ,श्रावण ,काठमाडौँ । नेविसंघ केन्द्रीय सदस्य विनाेदराज जाेशीले १२ ओै महाधिवशेनकाे मिति ताेक्न र विगतमा संगठनमा याेगदान गरेरपनि छुटेकाहरूलाई समेट्न माग गर्दै अध्यक्ष दुजाङ शेर्पालाई ज्ञापनपत्र बुझाएका छन् । मंगलबार अध्यक्ष शेर्पालाई भेटेरै केन्द्रीय सदस्य जाेशीले ३ बुँदे माग पेश गरेका हुन् ।

जाेशीले केही केन्द्रीय सदस्यहरूले राजीनामा दिएकाे प्रसँग उल्लेख गर्दै जिम्मेवारी परित्याग गर्नु उत्तम नरहेकाे पनि जाेशीले बताएका छन् ।

आदरणीय अध्यक्षज्यू,
नेपाल विद्यार्थी संघ, केन्द्रीय कार्य समिती,
अनामनगर, काठमाण्डौ ।

बिषय: मागहरु प्रस्तुत गरिएको बारे।
उपरोक्त सम्बन्धमा यहि मिति २०८०/०४/२२ गतेका दिन लामो समय देखि पुर्णता नपाएको ने वि संघ केन्द्रीय कार्यसमितिलाई नेपाली काङ्ग्रेसका सभापतिज्यु द्वारा ७१० जना केन्द्रीय सदस्यहरु मनोनीत गरि पुर्णता दिइएको तथ्य सबैमा अवगत नै छ।यस समितीको प्रमुख कर्तव्य र जिम्मेवारी समयमै ने वि संघको १२औं महाधिवेशन सम्पन्न गर्नु हो।

हरेक दुई वर्षमा अधिवेशन हुनुपर्ने ठाउँमा करिब ७ वर्ष जति ने वि संघको अधिवेशन नहुदा संगठनमा धेरै मात्रामा विद्यार्थी नेताहरु जिम्मेवारी विहिन भएका थिए।यस अवस्थामा ने वि संघको तदर्थ केन्द्रीय कार्यसमिति ठूलो मात्रामा आउनु अस्वभाविक होइन।निश्चित मापदण्डको अभावमा उक्त कार्यसमितिमा धेरै लामो समय देखि विद्यार्थीहरुको हकहितमा काम गरिरहेका केहि विद्यार्थी नेताहरु समावेश नहुनु दुखद विषय हो ।यसैको प्रतिफल स्वरुप कार्यसमिति समावेशी नभएको भन्दै धेरै साथिहरु आन्दोलनमा उत्रेको विषय यहाँलाई अवगत नै छ।

यसै सन्दर्भमा जिम्मेवारी पाएका केही केन्द्रीय सदस्यज्युहरुले आफू समितीमा नरहेको जानकारी सार्वजनिक गरिरहेका छन।यो एक प्रकारको बिद्रोह र आन्दोलनको शैली भएता पनि अधिवेशन गर्न बनेको कार्यसमितिमा पाएको जिम्मेवारीलाई कुशलता पुर्वक निभाइ अधिवेशन गराउन भुमिका खेल्नुको सट्टा जिम्मेवारी परित्याग गर्नु उत्तम बिकल्प होइन।किनभने हामी माझ मार्ग बाट बाहिर गएको र लामो समय अधिवेशन नभएको संगठनको अधिवेशन गरि यसलाइ गतिशिल र विद्यार्थी आन्दोलनको नेतृत्वदायी स्थानमा ल्याउने जिम्मेवारी छ।

यस अवस्थामा हाम्रो संगठनमा देखिएका समस्याहरुलाइ हल गर्न र ने वि संघको १२औं महाधिवेशन सुनिश्चितता गर्न म केन्द्रीय सदस्यको रुपमा यहाँ सामु तीन बुदे माग प्रस्तुत गर्दछु ।
१)ने वि संघ केन्द्रीय कार्यसमितिका सदस्यहरूले परित्याग गरेका पदहरुमा विद्यार्थी आन्दोलनमा लामो समय देखि योगदान गरेका विद्यार्थी नेताहरुलाइ समावेशी तरिकाले मनोनीत गर्न भुमिका खेल्नुपर्ने।

२)ने वि संघ केन्द्रीय कार्यसमितीको बैठक अबिलम्ब बोलाइ सपथ ग्रहण कार्यक्रम सम्पन्न गरि उक्त बैठक बाटै ने वि संघको १२औं महाधिवेशनको मिति घोषणा गर्नुपर्ने।

३)देशभरी विभिन्न शैक्षिक संस्थाहरुमा विद्यार्थीहरुले खेपिरहेका समस्याहरुलाइ हल गर्न र क्याम्पसहरुमा विधिवत अधिवेशन गर्न केन्द्रीय सदस्यहरूलाई स्थलगत जिम्मेवारी तोक्नुपर्ने।

तसर्थ उक्त मागहरुलाइ सम्बोधन गरि ने वि संघको १२ औं महाधिवेशन सम्पन्न गराउनहुन हार्दिकता साथ अनुरोध गर्दछु।
जय नेपाल
विनोदराज जोशी
केन्द्रीय सदस्य


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?