२१ श्रावण, काठमाडाैँ । दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ । सिन्दुर, टुथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठूलो धनराशि विदेशिएको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार त्यस्ता सामग्रीको आयातका लागि मात्रै ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ । विभागका अनुसार गत आर्थिक वर्षमा
२१ श्रावण, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मान्छेहरूले लाजै नमानी १७ हजारे आतकंकारी भन्ने गरेको बताएका छन् । काठमाडौंको कमलादीमा आइतबार केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूको सवालमाथि जवाफ दिँदै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् । उनले सो क्रममा भनेका छन्, 'तपाईंहरुले पनि कुरा राख्नुभयो,
२१ श्रावण, दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–७ मार्बुमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका तथा घाइते भएका परिवारलाई एसएस फाउन्डेशनले एक लाख रुपैयाँ सहयोग गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनमार्फत फाउन्डेशनले मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर यज्ञ थामीका छोरा तोकबहादुर थामीलाई सहयोग रकम हस्तान्तरण गरेको हो
२१ श्रावण, काठमाडाैँ । प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणिकरण गर्ने कार्यको शुभारम्भ गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा सो सेवाको शुभारम्भ गरेका छन् । सो सेवा सुरु भएपछि मोबाइल, कम्प्युटर वा ल्यापटपका माध्यमले अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्रलाई प्रमाणिकरण गर्न सकिने भएको छ
२१ श्रावण, ओखलढुङ्गा । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग तथा सुनकोशी गाउँपालिकासँगको साझेदारी र स्थानीयवासीको सहभागितामा ओखलढुङ्गाको ककनीमा सौर्य मिनीग्रीड आयोजना सम्पन्न भएको छ । सत्तरी किलोबाट पिक क्षमताको ‘ककनी सौर्य मिनीग्रीड आयोजना’बाट जिल्लाको सुनकोशी गाउँपालिकाको वडा नं ९ स्थित ककनी गाउँका १७१ घरधुरीमा विद्युत् पहुँच पुगेको
२१ श्रावण, काठमाडाैँ । टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ । टोखाले सुर्तिजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिकस्थलबाट एक सय मिटर वरपरको
२१ श्रावण, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन् । परराष्ट्रमन्त्री एनपी साउदले आज उनले सेप्टेम्बरको तेस्रो÷चौथो साता चीनको भ्रमण गर्नुहुने जानकारी दिए । प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइनमाध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ कार्यक्रममा मन्त्री साउदले भने, “हामी त्यसको तयारी
२१ श्रावण, नेपालगञ्ज । एकैपरिवारका चारसहित छ जनाको ज्यान जाने गरी भारतमा भएको कार दुर्घटनाले नेपालगञ्जवासी शोकमग्न भएका छन् । शनिबारको बिदा मनाउन मामाघर भारतको बलरामपुर पुगेका नेपालगञ्जका दाजुबहिनी निलान्स र सुनिती घर फर्किंन पाएनन् । शनिवार बिहान आमासँगै मामाघर गएका निलान्स र सुनितीको साँझ घर फर्किने क्रममा भारतको श्रावस्ती जिल्लामा
२१ श्रावण, काठमाडाैँ । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतीय पूर्वमहिला क्रिकेटर देवीका पाल्शिकरलाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको छ । भारत र बङ्गालादेशको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेकी उनलाई कन्सल्यान्ट प्रशिक्षकको रुपमा आज नियुक्त गरिएको क्यानले जनाएको छ
२१ श्रावण, पाल्पा । पाल्पामा गत आर्थिक वर्षमा एक सय ४३ उद्योग खारेज भएका छन् । आव २०७९-८० मा उद्योगतर्फ एक सय ४३ र वाणिज्यतर्फ एक सय ९४ फर्म खारेज भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । आव २०७८-७९ मा एक सय ८८ उद्योग र दुईसय ३९ फर्म