Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

सौर्य मिनीग्रीडबाट गाउँमा विद्युतीकरण


२१ श्रावण, ओखलढुङ्गा ।  वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग तथा सुनकोशी गाउँपालिकासँगको साझेदारी र स्थानीयवासीको सहभागितामा ओखलढुङ्गाको ककनीमा सौर्य मिनीग्रीड आयोजना सम्पन्न भएको छ । सत्तरी किलोबाट पिक क्षमताको ‘ककनी सौर्य मिनीग्रीड आयोजना’बाट जिल्लाको सुनकोशी गाउँपालिकाको वडा नं ९ स्थित ककनी गाउँका १७१ घरधुरीमा विद्युत् पहुँच पुगेको छ ।

आयोजनाबाट उत्पादित विद्युत्बाट घरधुरी विद्युतीकरणका साथै विद्यालय, स्वास्थ्यचौकी लगायतका सार्वजनिक संस्थामा विद्युतीकरण एवं यन्त्र उपकरण सञ्चालन तथा धान कुटानी, फर्निचरजस्ता लघुउद्यम सञ्चालनमा समेत सघाउ पुगेको छ । कूल लागत छ करोड ४२ लाख ८८ हजार रहेको आयोजनामा कूल लागतको ९० प्रतिशत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अनुदान रहेको छ भने १० प्रतिशत लगानी सुनकोशी गाउँपालिकाको रहेको छ ।

एक समारोहबीच आयोजनाको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले आगामी दुई वर्षभित्र सबैमा विद्युत् पहुँच पुर्‍याउने लक्ष्य हासिल गर्न विद्युतीकरणको अभियानलाई देशैभर अघि बढाइएको बताए ।

सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले आयोजनालाई दिगोरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिंदै आयोजना निर्माणमा संलग्न सम्पूर्ण सरोकारवालालाई धन्यवाद दिए । आयोजनालाई पाँच वर्षसम्म जडानकर्ता कम्पनीले सञ्चालन एवं मर्मतसम्भार गर्ने र त्यसपछि स्थानीय तहलाई हस्तान्तरण गरिने केन्द्रका सहायक निर्देशक एवं सौर्य तथा वायु ऊर्जा शाखाका प्रमुख डा. लक्ष्मणप्रसाद घिमिरेले बताए ।


प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?