Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१४ पुष २०८२, सोमबार
१४ पुष २०८२, सोमबार

हेर्नुस् त, लाजै नमानी हामीलाई १७ हजारे भन्छन् : प्रचण्ड


२१ श्रावण, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मान्छेहरूले लाजै नमानी १७ हजारे आतकंकारी भन्ने गरेको बताएका छन् ।

काठमाडौंको कमलादीमा आइतबार केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूको सवालमाथि जवाफ दिँदै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।

उनले सो क्रममा भनेका छन्, ‘तपाईंहरुले पनि कुरा राख्नुभयो, सोसियल मिडियामा भनिने हत्याराका कुरा मानौं ब्रह्मज्ञान उनीहरूलाई छ, सत्यको पक्षमा उनीहरु मात्रै छन्। हामी सबै अपराधी हौं जस्तो गरी बोल्छन्, यसको पछाडी कुन वर्ग छ त्यो पहिचान गर्नुपर्छ । हेर्नुस् त, एकथरी मान्छेहरूले लाजै नमानी १७ हजारे आतकंकारीको कुरा गरिरहेका छन्।’


प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?