२८ श्रावण, हेटाैँडा । हेटौँडाबाट काठमाडाैँ जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा-भैँसे-भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो । भीमफेदी-२ भैँसे बजारबाट दुई किलोमिटरको दूरी पहिरो खसेकोले सडक सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै, कुलेखानी-सिस्नेरी-काठमाडौँ सडकखण्डमा पनि
२८ श्रावण, सर्लाही । हत्या गरी फालिएको अवस्थामा भेटिएको युवाको पहिचान भएको छ । खोलामा टाउको र जङ्गलमा शरीर शनिवार भेटिएपछि उनको पहिचान भएको हो । शुक्रवार मात्रै परिवार आएर सनाखत गरेपछि मृतक भारतको सितामाढी मनियारी बस्ने २३ वर्षीय गोलु भन्ने अभिषेक राज रहेको प्रहरीले जनाएको छ । अभिषेकको टाउको
२८ श्रावण, झापा । श्रीमतीलाई मारेर सुँगुरको खोरभित्र गाडेर फरार भएका तेह्रथुम आठराई गाउँपालिका–१ डाँडागाउँका राजकुमार श्रेष्ठ पक्राउ परेका छन् । झापाको काँकडभिट्टाबाट होटेलमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजकुमारले आफ्नी २६ वर्षीया श्रीमती रेशिका श्रेष्ठको हत्या आरोपमा उनलाई काँकडभिट्टा प्रहरीले शनिवार दिउँसो पक्राउ गरेको हो
२८ श्रावण, एजेन्सी । पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले शनिबार सिनेटर अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएको राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ। राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको धारा २२४ (१ ए) अनुसार काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न उक्त स्वीकृति प्रदान गरेका हुन्। यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले नेशनल एसेम्बली
२८ श्रावण, एजेन्सी । उत्तरी नाइजेरियाको कादुना राज्यमा शुक्रबार एक प्राचीन मस्जिद अचानक भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ । प्रहरी प्रवक्ता मोहम्मद जलिगेले दिएको जानकारीअनुसार जारिया शहरमा शुक्रबार साँझको प्रार्थनाका क्रममा मस्जिद आंशिक रुपमा भत्किएको थियो । प्रवक्ता जलिगेले भने, “मस्जिदको भग्नावशेषबाट १० जनाको शव निकालिएको
२८ श्रावण, एजेन्सी । फ्रान्सको सबैभन्दा प्रसिद्धस्थल आइफेल टावरमा विस्फोटक पदार्थ राखेको चेतावनी पछि पेरिसमा रहेको उक्त स्थान केही समयका लागि खाली गर्नुपरेको छ । प्रहरी स्रोतले शनिबार फ्रान्सेली दैनिक समाचार पत्र ‘ले पेरिसियन’लाई दिएको जानकारीअनुसार आइफिल टावरमा यो हप्ता धेरै आगन्तुकहरूको अपेक्षा गरिएको छ र उनीहरूको सुरक्षाको लागि टावर खाली
२८ श्रावण, गोरखा । केही दिनदेखि लगातार परेको अबिरल वर्षाका कारण माथिबाट झरेको पहिराले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित झोङगाउँका १० घर जोखिममा परेका छन् । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेकोे जानकारी दिए । पहिरासँगै आएको ढुङ्गासहितको लेदो घरमा पसेर क्षति पुर्याएको उहाँको
२८ श्रावण, मुगु । आर्थिक वर्ष २०६२/०६३ मा डिटेल सर्भे गरी २०७२ सालबाट निर्माण कार्य सुरु गरिएको उत्तरी सिमाना चीन जोड्ने गमगढी नाक्चेलाग्ना सडक निर्माणको काम कछुवाको गतिमा अघि बढेको पाइएको छ। मुगु जिल्लाको मात्र नभइ सिंगो कर्णाली प्रदेशकै लाइफ लाइनको रूपमा रहेको बहुचर्चित कुल ९६ किलोमिटरको गमगढी नाक्चे लाग्ना सडक
२८ श्रावण, म्याग्दी । शुक्रबार रातिदेखिको लगातार वर्षाका कारण बेनी–दरबाङ सडकखण्डको विभिन्न तीन स्थानमा पहिरो गएपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत, रणवाङ भिर र दरबाङ नजिकैको बाङ्गेभिरमा पहिरो गएकाले सडक अवरुद्ध भएका हो । पहिरो खसिरहेकाले सडक खुलाउने प्रयास असफल भएको
२८ श्रावण, नेपालगञ्ज। “पानीमा रुझ्दै दिनभरि झाँस खोजेर बल्लबल्ल एक बोरा बनाइन्छ । त्यही साँझ बेच्दा रु पाँच–दशमा बेच्नुपर्छ । हाम्रो मेहनत र मर्का कसले बुझिदिने ?” बाँकेका नेपालगन्ज उपमहानगरपालिका–८ घसियारन टोलकी गुड्डी घरियार गुनासो गर्छिन् । उनले घाँस बेचेर आएको रु एकदेखि डेढ सयसम्मको कमाइले छ जनाको परिवारलाई पाल्नुपरेको छ