Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

आइफेल टावरलाई बमले उडाइदिने धम्की आएपछि…


२८ श्रावण, एजेन्सी । फ्रान्सको सबैभन्दा प्रसिद्धस्थल आइफेल टावरमा विस्फोटक पदार्थ राखेको चेतावनी पछि पेरिसमा रहेको उक्त स्थान केही समयका लागि खाली गर्नुपरेको छ ।

प्रहरी स्रोतले शनिबार फ्रान्सेली दैनिक समाचार पत्र ‘ले पेरिसियन’लाई दिएको जानकारीअनुसार आइफिल टावरमा यो हप्ता धेरै आगन्तुकहरूको अपेक्षा गरिएको छ र उनीहरूको सुरक्षाको लागि टावर खाली गर्नु ‘सावधानी’ को उत्तम उपाय थियो ।

टावरको सबै स्थानमा परीक्षण गरेपछि करिब १०ः०० बजे बन्द भएको टावरलाई करिब दुई घण्टा पछि खतराको चेतावनी अन्त्य गर्दै सबैका लागि पुनः आवागमन खोलिएको थियो ।

सेवा पुनः सञ्चालनमा आएपछि उक्त स्थानमा व्यापक प्रहरी बललाई तैनाथ गरी सबैलाई निर्भीक तरिकाले अवलोकन गर्ने वातावरण बनाइएको थियो ।

यसअघि सन् २०२० को सेप्टेम्बरमा पनि प्रहरीलाई बेनामी फोन गरेर टावरमा खतरा रहेको चेतावनी दिएपछि खाली गराइएको ‘ले पेरिसियन’ले जनाएको छ ।


प्रकाशित मिति: २८ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?