Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार

आइफेल टावरलाई बमले उडाइदिने धम्की आएपछि…


२८ श्रावण, एजेन्सी । फ्रान्सको सबैभन्दा प्रसिद्धस्थल आइफेल टावरमा विस्फोटक पदार्थ राखेको चेतावनी पछि पेरिसमा रहेको उक्त स्थान केही समयका लागि खाली गर्नुपरेको छ ।

प्रहरी स्रोतले शनिबार फ्रान्सेली दैनिक समाचार पत्र ‘ले पेरिसियन’लाई दिएको जानकारीअनुसार आइफिल टावरमा यो हप्ता धेरै आगन्तुकहरूको अपेक्षा गरिएको छ र उनीहरूको सुरक्षाको लागि टावर खाली गर्नु ‘सावधानी’ को उत्तम उपाय थियो ।

टावरको सबै स्थानमा परीक्षण गरेपछि करिब १०ः०० बजे बन्द भएको टावरलाई करिब दुई घण्टा पछि खतराको चेतावनी अन्त्य गर्दै सबैका लागि पुनः आवागमन खोलिएको थियो ।

सेवा पुनः सञ्चालनमा आएपछि उक्त स्थानमा व्यापक प्रहरी बललाई तैनाथ गरी सबैलाई निर्भीक तरिकाले अवलोकन गर्ने वातावरण बनाइएको थियो ।

यसअघि सन् २०२० को सेप्टेम्बरमा पनि प्रहरीलाई बेनामी फोन गरेर टावरमा खतरा रहेको चेतावनी दिएपछि खाली गराइएको ‘ले पेरिसियन’ले जनाएको छ ।


प्रकाशित मिति: २८ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?