Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

गमगढी–नाक्चेलाग्ना सडक : ७ वर्षमा जम्मा १८ किलोमिटर निर्माण


२८ श्रावण, मुगु । आर्थिक वर्ष २०६२/०६३ मा डिटेल सर्भे गरी २०७२ सालबाट निर्माण कार्य सुरु गरिएको उत्तरी सिमाना चीन जोड्ने गमगढी नाक्चेलाग्ना सडक निर्माणको काम कछुवाको गतिमा अघि बढेको पाइएको छ।

मुगु जिल्लाको मात्र नभइ सिंगो कर्णाली प्रदेशकै लाइफ लाइनको रूपमा रहेको बहुचर्चित कुल ९६ किलोमिटरको गमगढी नाक्चे लाग्ना सडक बजेट अभावका कारण कछुवाको गतिमा अघि बढेकाे हाे।

हरेक वर्ष राज्यले थोरै मात्रामा बजेट विनियोजित गर्दा वर्षाको समयमा खनिएको सडक माथिबाट आएको पहिरो पन्छाउन पनि अपुग हुने गरेको बताइएको छ।

समयमा नै गमगढी नाक्चे लाग्ना सडक निमार्ण हुन नसक्दा कर्णालीबासीको चीनसँग व्यापार गर्ने सपना अधुरै रहेको छ। नेपालका उत्तरी नाकासँग जोडिएका नाकामध्ये सबैभन्दा छोटो नाकाको रूपमा रहेको यस नाक्चे लाग्ना नाका सडक सन्जालमा जोडिएको खण्डमा मुगुमात्र नभएर सिंगो कर्णाली प्रदेशलाई नै फाइदा पुग्छ।

जिल्ला विकास समितिका पूर्वसभापति डिल्ली भट्टका अनुसार आव २०६२/०६३ मा डिटेल सर्भेको लागि जिल्ला विकास समितिले टेण्डरमार्फत् कन्सलटेन्ट हायर गरी सर्भे गरेको थियो। उक्त सर्भे गर्दा रु २५ करोड को लागत अनुमान गरिएको थियो भने करिब २० देखि २५ लाख रुपैयाँ सर्भे गर्दा खर्च भएको थियो।

देश संघीय संरचनामा गइसकेपछि उक्त सडक संघीय सरकारको मातहतमा राखियो। जसले गर्दा केही वर्ष सडक खन्ने काम अघि बढ्न सकेन। पुन गागढी नाक्चे लाग्ना सडकको ढुंगेधारासम्म डिपिआर गरी विस.२०७३ सालबाट सडक डिभिजन कार्यालय, जुम्लाले टेण्डर आह्वान गरी सडक खन्ने कामलाई अघि बढाएको थियो।

जिल्ला समन्वय समितिका निर्वतमान संयोजक पुर्णबहादुर रोकायाले भने, ‘गमगढी नाक्चे लाग्ना सडक अन्तर्राष्ट्रिय स्तरको भएर पनि राज्यले प्राथमिकतामा नराख्नु कर्णाली प्रदेशकै दुर्भाय हो।’

सदियौं पहिलादेखि कर्णालवासीको तिब्बतमा जडिबुडी, उन र नुनका साथै भेडा च्याङ्ग्राको व्यापार विस्तारको सपना साँघुरिँदै गएको रोकायाको बुझाइ छ।

सडक डिभिजन कार्यालय, जुम्लाबाट गमगढी नाक्चे लाग्ना सडकको लागि खटिएका इन्जिनियर वीरबहादुर जिटीका अनुसार सरकारले यही तरिकाबाट बजेट छुट्याउने हो भने सडक कहिले निर्माण हुने हाे, यसबारेमा भन्न सकिँदैन।

गत आव २०७८/०७९ रु ४ करोड ९३ लाख रुपयाँ सडक निर्माणमा खर्च भएको थियो भने आव २०७९/०८० मा रु ४ करोड ४० लाखमा खर्च भएको बताइएको छ।

गमगढीबाट मुगुम कार्मारोङ् गाउँपालिका वडा नं ९ नजिकै रहेको छाइल सुलशुले भीरसम्म साढे १८ किलोमिटर सडक निर्माणको काम पूरा भएको सडक डिभिजन कार्यालय, जुम्लाले जानकारी दिएको छ। हालसम्म सडक निर्माणको लागि करिब २० करोडभन्दा बढी रकम खर्च भैसकेको छ। हाल सडक निर्माणको काम थोदुङ् क्याराभान जेबी निर्माण कम्पनीले लिएको छ।


प्रकाशित मिति: २८ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?