Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार

मस्जिद भत्किँदा १० जनाको मृत्यु


२८ श्रावण, एजेन्सी । उत्तरी नाइजेरियाको कादुना राज्यमा शुक्रबार एक प्राचीन मस्जिद अचानक भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ ।

प्रहरी प्रवक्ता मोहम्मद जलिगेले दिएको जानकारीअनुसार जारिया शहरमा शुक्रबार साँझको प्रार्थनाका क्रममा मस्जिद आंशिक रुपमा भत्किएको थियो ।

प्रवक्ता जलिगेले भने, “मस्जिदको भग्नावशेषबाट १० जनाको शव निकालिएको छ भने २५ जना घाइतेको उद्धार गरिएको छ । घाइतेमध्ये सात जना गम्भीर घाइते भएका छन् ।” उहाँले भन्नुभयो, “उद्धार कार्य समाप्त भएको छ र घटनाको पूर्ण अनुसन्धान सुरु भएको छ ।”

जारियाका अमिर अहमद बामालीले स्थानीय सञ्चारमाध्यमसँग भन्नुभयो, “हामीले एक दिन अघि मस्जिदको भित्तामा चर्केको देखेका थियौँ र यो दुर्भाग्यपूर्ण घटना हुँदा मर्मतका लागि सिभिल इञ्जिनियरको टोली खटाउने योजना बनाइरहेका थियौं ।”

सन् १८३० को दशकमा निर्माण गरिएको उक्त मस्जिदले दशकौँदेखि विश्वका सबै भागका मुस्लिम धर्मावलम्बीका लागि ढोका खोलेको कादुना राज्यका गभर्नर उबा सानीले बताए ।

नाइजेरियामा भवन भत्किने घटनाहरू असामान्य छैनन् । स्थानीय विशेषज्ञहरूले भवनहरू भत्किनुलाई अति पूराना संरचना, भवन योजना तथा नियमहरूको गैर–अनुपालन र निर्माणको समयमा गुणस्तरहीन सामग्रीहरूको प्रयोगको लागि दोष दिन्छन् ।


प्रकाशित मिति: २८ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?