Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

श्रीमतीको हत्या गरी सुँगुरको खोरमा गाडेर भागेका श्रीमान पक्राउ


२८ श्रावण, झापा । श्रीमतीलाई मारेर सुँगुरको खोरभित्र गाडेर फरार भएका तेह्रथुम आठराई गाउँपालिका–१ डाँडागाउँका राजकुमार श्रेष्ठ पक्राउ परेका छन् ।

झापाको काँकडभिट्टाबाट होटेलमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजकुमारले आफ्नी २६ वर्षीया श्रीमती रेशिका श्रेष्ठको हत्या आरोपमा उनलाई काँकडभिट्टा प्रहरीले शनिवार दिउँसो पक्राउ गरेको हो । काँकडभिट्टाको एउटा होटेलमा लुकीछिपी बसेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजन चापागाईँले बताए ।

पक्राउ गरिएका श्रेष्ठलाई तेह्रथुम लगिने प्रहरीले जनाएको छ । गत साउन १४ गतेदेखि हराइरहेकी श्रेष्ठको शव उनकै पसल पछाडि सुँगुरको खोरमा गाडेको अवस्थामा शनिवार फेला परेको थियो । घटनापछि श्रेष्ठका श्रीमान् राजकुमार साउन २४ गतेदेखि सम्पर्कविहीन थिए । प्रहरीले श्रेष्ठको हत्या श्रीमानबाटै भएको हुनसक्ने भन्दै राजकुमारको खोजी गरिरहेको थियो । श्रेष्ठ दम्पतीका ६ वर्षीया एक छोरी छिन् ।


प्रकाशित मिति: २८ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?