१८ ,मङ्सिर ,यूएई (दुबई) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले औद्योगिक राष्ट्रहरुका कारण विश्वव्यापी तापक्रम तीव्ररुपमा वृद्धि भइरहेको उल्लेख यसबाट उत्पन्न जलवायु परिवर्तनले नेपालले ठूलो क्षति व्यहोहोर्नु परेको बताएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा भइरहेको जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा साथसाथै संस्थाले आज नेपालको पेभिलियनमा आयोजना गरेको
मनाङ। कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो ११ महिनामा २० हजार आठ सयभन्दा बढी बाह्य पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म २० हजार आठ सय छ विदेशी पर्यटक
काठमाडौं। प्रभु क्यापिटल लिमिटेड र मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरका बीचमा प्रभु क्यापिटलका ग्राहकका लागि छुट दिन सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र मेरिना ईन्पेक्स एन्ड टेलरिङ सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक मोहन मान जोशीले हस्ताक्षर गरेका छन् । सो सम्झौताअनुसार अन्तर्गत प्रभु
भरतपुर,चितवन। चितवनको इच्छाकामना गाउँपालिकाका दुई खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । आइतबार वडा नं २ को छापडाँडा र दुम्किन हेप्चेक खानेपानी आयोजनाको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले शिलान्यास गरे । यहाँ अधिकांश चेपाङ समुदायको बसोबास छ । त्यस्तै, एक सय ९० घरधुरीका लागि दुईवटा खानेपानी आयोजनाको काम एकैसाथ सुरु गरिएको जनाउँदै
कर्णाली। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दैलेखको पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुने बताउएका छन् । एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानअन्तर्गत कर्णाली प्रदेशको दैलेख जिल्लामा पुग्नुभएका अध्यक्ष ओलीले आज भैरवी गाउँपालिका–१ स्थित श्रीस्थान ज्वाला क्षेत्रको स्थलगत अवलोकनका क्रममा पेट्रोलियम पदार्थको उत्खनन्
मुगु। हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानमा यस वर्षको सुरुवाती हिमपात हुन थालेको छ । आइतबार रातिबाट बदली हुँदै गएपनि आज बिहानैदेखि उच्च भुभागमा हिउँ र बेँसीमा पानी पर्न सुरु गरेको हो । त्यस्तै, मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने यार्सा पाटन, कोइकी हिमाल मुगु र डोल्फु क्षेत्रमा हिमपात सुरु भएको डोल्फु
तनहुँ। पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक (पूर्वीखण्ड) अन्तर्गत आँबुखैरेनी गाउँपालिकाचोकदेखि मार्कीचोकसम्म सडकखण्डमा कालोपत्रको काम सुरु गरिएको छ । आँबुखैरेनी गाउँपालिका चोकबाट सुरु गरी गत असारमा कालोपत्र गरिएको स्थान मार्कीचोकसम्म जोड्ने गरी कालोपत्र अघि बढाएको हो । यसअघि आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट सुरु गरी मार्किचोकसम्मको करिब तीन किलोमिटर दूरीमा कालोपत्र सम्पन्न गरिसकेको छ भने
तुलसीपुर,दाङ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई पत्रकारितामै टिक्ने वातावरण बनाउनुपर्ने बताएकि छन् । प्रेस काउन्सिलको आयोजनामा दाङको भालुवाङमा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय पत्रकार महिलाको क्षमता अभिवृद्धि तालिमको आज उद्घाटन गर्दै उनले महिला पत्रकार लामो समयसम्म यस पेसामा टिक्न नसक्नु विडम्बना भएको बताएकि छन् । “महिला पत्रकार लामो समयसम्म
काठमाडौं। काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिइएको छ । सोमबार समिति र ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालि बीच बन्दरगाह सञ्चालन सम्झौतामा हस्ताक्षर भएको हो । त्यस्तै, पाँच वर्षको लागि २ करोड ८८ लाख रकम न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्नेगरी सम्झौतामा हस्ताक्षर भएको हो
राँझा,बाँके। नेपाली काठको सट्टा विदेशी वैकल्पिक वस्तुलाई बढी महत्व दिँदा यहाँको व्यवसाय धराशायी बन्दै गएको वन पैदवार उद्योग व्यवसायीको गुनासो छ । उद्योगी व्यवसायीले सरकारी भवनमा पछिल्ला वर्षमा काठको स्थानमा वैकल्पिक वस्तु आल्मुनियम र पिभिसी प्रयोग बढ्दै गएकामा उनीहरुले चिन्ता व्यक्त गर्न थालेका हुन् । “राज्यले काठको प्रयोग गर्न छोडिसक्यो,