Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

प्रभु क्यापिटलका ग्राहकका लागि मेरिना इम्पेक्सले विशेष छुट दिने सम्झौता


काठमाडौं। प्रभु क्यापिटल लिमिटेड र मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरका बीचमा प्रभु क्यापिटलका ग्राहकका लागि छुट दिन सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र मेरिना ईन्पेक्स एन्ड टेलरिङ सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक मोहन मान जोशीले हस्ताक्षर गरेका छन् ।

सो सम्झौताअनुसार अन्तर्गत प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकहरूले मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरबाट सेवा लिँदा २५ प्रतिशत छुट पाउने भएका छन् । यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्राही ग्राहकहरूले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफ्नो आई डी कार्ड प्रस्तुत गर्नुपर्नेछ जसको आधारमा इम्पेक्सले ग्राहकलाई प्रिभिलेज कार्ड दिनेछ।

त्यस्तै, मेरिना ईन्पेक्सले सन् १९८३ देखि ग्राहकको सेवामा गुणस्तर र प्रतिस्पर्धी मूल्यको साथ उत्कृष्ट सेवा प्रदान गर्ने एक अग्रणी सुट र शूर्टिंग टेलरिङ हो । मेरिना इम्पेक्सले ग्राहकलाई सुट, दौरा सुरुवाल, पार्टी वेयर, अफिस वेयर आदि उपलब्ध गराउँदछ भने मेरिना इम्पेक्सले स्तरीय कपडा र उच्चतम गुणस्तरीय सेवा दिनका साथै ग्राहकको व्यक्तित्व सुहाउँदो कपडा सिलाउनलाई सुझावसमेत दिने गर्दछ ।

यो अफर क्यापिटलका हितग्राही ग्राहकहरूले सम्झौता अवधिदेखि आगामी २ वर्ष अवधि १७ मंसिर २०८२ सम्मका लागि ईम्पेक्सको सम्पूर्ण शाखाहरूबाट प्राप्त गर्न सक्नेछन् । मेरिना ईम्पेक्सले बागबजार, न्यूरोड, गाबाल, सामाखुशीमा रहेका ४ वटा आउटलेट मार्फत सेवा प्रदान गर्दछ । प्रभु क्यापिटल र मेरिना ईन्पेक्स एन्ड टेलरिङ सेन्टरबीचको यो सम्झौताले क्यापिटलका ग्राहकहरूलाई शर्टिङ तथा सुटिङ तथा टेलरिङ सेन्टरको सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

 

 


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?