Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

महिलालाई पत्रकारितामै टिक्ने वातावरण बनाउनुपर्छ : मन्त्री शर्मा


तुलसीपुर,दाङ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई पत्रकारितामै टिक्ने वातावरण बनाउनुपर्ने बताएकि छन् । प्रेस काउन्सिलको आयोजनामा दाङको भालुवाङमा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय पत्रकार महिलाको क्षमता अभिवृद्धि तालिमको आज उद्घाटन गर्दै उनले महिला पत्रकार लामो समयसम्म यस पेसामा टिक्न नसक्नु विडम्बना भएको बताएकि छन् ।

“महिला पत्रकार लामो समयसम्म पेसामा टिक्न नसक्ने समस्या छ”, मन्त्री शर्माले भनिन्, “तालिममा सहभागीले दिनुभएका सुझावलाई नीतिगत तहबाट सुधार गर्न सरकार तयार छ । महिलालाई पेसामा टिकाइराख्न गर्नुपर्ने क्षमता अभिवृद्धिसँगै अवसरहरु सृजना गर्नुपर्छ ।” हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने प्रावधान भए पनि पत्रकारितामा हाल २० प्रतिशत मात्रै सहभागिता रहेको उनले जानकारी दिँदै यसलाई बढाउनुपर्ने बताइन् । मन्त्री शर्माले महिला पत्रकारका उत्तराधिकारी उत्पादन गर्नतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिदै सञ्चारसम्बन्धी विभिन्न ऐन निर्माण तथा संशोधनको तयारी रहेकाले सुझाव दिन पनि सहभागीलाई अनुरोध समेत गरेकी छन्।

त्यसैगरी, प्रविधिलाई सही तरिकाले सदुपयोग गर्नतर्फ सबैले ध्यान दिनुपर्ने मन्त्री शर्माको भनाइ रहेको थियो । तीन दिनसम्म सञ्चालन हुने तालिममा साइबर शिक्षालाई पनि समावेश गर्नुपर्ने उनले बताइन् । उनले यस्ता क्षमता वृद्धिसम्बन्धी तालिमलाई जिल्लाजिल्लामा सञ्चालन गरेर व्यापक सहभागिता बनाउने गरी तयारी गरिने जानकारी समेत दिएकि छन् ।


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?