Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

चोभार सुक्खा बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन गर्न दिन सम्झौता


काठमाडौं। काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिइएको छ । सोमबार समिति र ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालि बीच बन्दरगाह सञ्चालन सम्झौतामा हस्ताक्षर भएको हो ।

त्यस्तै, पाँच वर्षको लागि २ करोड ८८ लाख रकम न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्नेगरी सम्झौतामा हस्ताक्षर भएको हो । उक्त समितिले गत ९ साउनमा टेण्डर आह्वान गरेकोमा ट्रान्स नेपाल र न्यू नेपाल ढुवानी सेवा कम्पनीले दिएको आवेदनमा समितिले प्राविधिक मूल्यांकनमार्फत ट्रान्स नेपाललाई बन्दरगाह सञ्चालन अनुमति दिएको हो ।

सो समितिका कार्यकारी निर्देशक आशिष गजुरेलकाअनुसारसंस्थाले न्यूनतम शुल्क लिएर स्तरीय सेवा दिइ वार्षिक १ अर्ब ३० करोड भन्दा बढी आम्दानी गरिरहेको थियो । त्यस्तै, करार सम्झौता समितिका निर्देशक युवक डंगोल र सञ्चालक कम्पनीको तर्फबाट प्रवन्ध निर्देशक मुकेशकुमार राठीले हस्ताक्षर गरेका थिए भने निजी क्षेत्रको व्यवस्थापनबाट अझै राम्रोसँग बन्नदरगाह सञ्चालन हुने उनको विश्वास रहेको छ ।

उक्त कार्यक्रममा बोल्दै ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालिका प्रवन्ध निर्देशक राठीले बन्दरगाह सञ्चालनमा केही चुनौतीहरु रहेपनि त्यसलाई मध्यनजर गरी गृहकार्य सुरु गरिसकेको बताएका छन् । आफूहरुले दिने सेवा स्तरीय बनाउन प्रयास रहने पनि उनको भनाइ रहेको छ ।


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?