काठमाडाैं। प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकार आयोगले गरेका सिफारिस शतप्रतिशत कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले आयोगका सबै सिफारिस कार्यान्वयनका लागि आफूले प्रयत्न गर्ने बताए । उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐेन
काठमाडाैं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी बैठक आज बस्दै छ । उक्त बैठकमा आगामी निर्वाचन, सङ्गठन विस्ता, चुनावी गठबन्धन, कार्यकारिणी समिति बिस्तार, भ्रातृसंगठन निर्माण लगायतका अजेण्डाहरुमा छलफल हुने कार्यतालिका रहेको छ । त्यस्तै, लोसपाको केन्द्रीय कार्यकारिणी बैठक शनिबार पनि बसेको थियो ।
चितवन। नेपाल बार एशोसिएसनले मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी तथा ४९औँ केन्द्रीय कार्यकारिणी परिषद् बैठक आजदेखि सौराहामा सुरु भएको छ । त्यस्तै, सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले गोष्ठीको उद्घाटन गरेका हुन् भने सो गोष्ठीमा देशभरका एक हजारभन्दा बढी कानुन व्यवसायी सहभागी भएका छन् । एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार दुई दिनसम्म
लमजुङ। लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएको छ भने २९ जना बिरामी भएका छन् । बेसीसहर नगरपालिका– ४ पुरानोकोट घर भई हाल सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिएका छन् । प्रहरी निरीक्षक
काठमाडाैं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य घटेको छ ।शुक्रवार तोलामा एक लाख १८ हजार ८ सय रुपैयाँ भएको सुनको मूल्य आज १ हजार तीन सय रुपैयाँले घटेर तोलाको एक लाख १७ हजार ५ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका
काठमाडाैं। त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे छ किलो सुनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । त्यस्तै, भन्सार कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले शनिबार राति दुबईबाट ल्याइएको छ किलो पाँच सय ९० ग्राम सुनसहित इजिप्टका नागरिक मोहमद मोगामद लसिमलाई पक्राउ गरेको हो । सो विमानस्थल भन्सार कार्यालयका
काठमाडाैं। धादिङ केन्द्रबिन्दु बनाएर आज बिहान ८ः२३ बजे ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्पको केन्द्रबिन्दु धादिङको मैदी आसपास भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यस्तै, भूम्पको क्षतिबारे हालसम्म कुनै जानकारी आएको छैन । उक्त भूकम्पको धक्का धादिङ, नुवाकोटलगायतका पहाडी क्षेत्रमा महसुस गरिएको बताइएको छ
काठमाडाैं। एसीसी-१९ वर्षमुनिको एसिया कप क्रिकेटमा अफगानिस्तानसँगको खेलमा नेपालले टस जितेको छ । नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने नेपालले अब अर्को खेल पर्सि मङ्गलवार भारतसँग खेल्नेछ । त्यस्तै, आजै हुने अर्को खेलमा भारत र पाकिस्तान खेल्दैछन्
जाजरकोट। गत कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पमा घर गर्ल्यामगुर्लुम ढलेसँगै यहाँका नागरिक खुला आकाश मुनि बस्न थालेको महिना दिन पूरा भयो । आर्थिक रूपमा विपन्न त्रिपालकै सहारामा खुला आकाश मुनि अनेकन पीडालाई लुकाउँदै बस्न बाध्य छन्। ‘राज्यले भूकम्प पीडितलाई अवास निर्माण गर्न रकम निकासा दिइसक्यो, अब अस्थायी टहरा निर्माण
अर्घाखाँची। अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । महेन्द्र राजमार्गको शीतगङ्गा–८ सातमाराको राप्ति पुल नजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार दुर्घटना भएको थियो । त्यस्तै, मृत्यु हुनेमा ट्रकका चालक चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मी