दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका कृषक लक्ष्मण गुरुङले गाउँमा उत्पादित साग सहजै बजारसम्म लगेर बिक्री गरिरहेका छन् । जिल्लाकै उच्च भागमा अवस्थित छिम्केश्वरीमा उत्पादन भएको रायोको सागको बजारीकरणमा कुनै समस्या नरहेको गुरुङको भनाइ रहेको छ । यहाँ उत्पादन भएको सागको बजार माग बढी हुँदा कृषकलाई मागअनुसार पुर्याउन कठिनाइ भएको उनले
हनोई। चीनका राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणका सिलसिलामा आज भियतनाम आइपुगेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङलाई भियतनामले मङ्गलबार रातो कार्पेट ओछ्याएर न्यानो स्वागत गरेको छ । त्यस्तै, द्विपक्षीय सम्बन्ध र सहयोग विस्तार गर्ने उद्देश्यले उनको राजकीय भ्रमण आयोजना गरिएको बताइएको छ । दुई
मनाङ। जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार
काठमाडौं। एसिसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत आज भारतविरुद्धको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ । उक्त खेल दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा हुँदै छ । नेपाल यसअघि भएको पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।
काठमाडौं। पशुपतिनाथको भण्डारमा रहेका बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख आज प्रदर्शन गरिएको छ । पशुपतिनाथमा वर्षभर सुरक्षित राखिएको छ भनेर हरेक वर्ष मङ्सिर कृष्ण पक्षको त्रयोदशीका दिन पशुपतिनाथमा बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख नागरिकलाई देखाउने चलनअनुसार आज बिहान ८ बजेदेखि एक दिनका लागि प्रदर्शन गरिएको पशुपति
पोखरा। लामो समय देखि लोकदोहोरी क्षेत्रमा क्रियाशील गायक चोलेन्द्र पौडेल र गायिका सरस्वती लामिछानेले’हुन्छ भने हुन्छ भन’ गीत सार्वजनिक गरेका छन् । दुई दर्जन भन्दा बढी लोकदोहोरी गीत गाइसकेका पौडेलले दोहोरी गीतसङ्गीतमा निरन्तरता दिँदै आएका छन् । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको उपमहासचिव भएर काम गरिसकेका पौडेलले देश विदेशका साङ्गीतिक कार्यक्रममा समेत
काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, तेजाबी सुन तोलाको एक लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ भने आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी
काठमाडौं। चीनकी एक स्त्री रोग विशेषज्ञ तथा एजआईभी एड्सको महामारीविरुद्ध अभियानको नेतृत्व गर्ने पहिलो डाक्टरमध्येकी एक डाक्टर गाओ याओजीको निधन भएको छ । डा. गाओको न्यूयोर्कमा आइतबार ९५ वर्षको उमेरमा प्राकृतिक कारणले मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् भने न्यूयोर्कमा उनी सन् २००९ देखि निर्वासनमा थिइन् । बर्सौँ पछि, २०१०
काठमाडौं। अर्थ मन्त्रालयले ६ जना सहसचिवको पदस्थापन तथा जिम्मेवारी हेरफेर गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले केही दिन अघि सरुवा भई आएका र लामो समयदेखि बरण्डा (अतिरिक्त) मा रहेका सहसचिवहरूको खटनपटन गरेका हुन् । त्यसैगरी, प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुशार प्रशासन महाशाखाको जिम्मेवारी महेश आचार्यलाई दिइएको छ भने
राँझा,बाँके। बाँकेमा पुरुष पनि घरेलु हिंसामा परेको जनाउँदै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिन पुगेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४० जना पुरुषले न्यायका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक महेश्वरी विष्टले जानकारी दिएकि छन् । उनका अनुसार