Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

एड्स महामारीको रहस्य खुलासा गर्ने डा. याओजीको निधन


काठमाडौं। चीनकी एक स्त्री रोग विशेषज्ञ तथा एजआईभी एड्सको महामारीविरुद्ध अभियानको नेतृत्व गर्ने पहिलो डाक्टरमध्येकी एक डाक्टर गाओ याओजीको निधन भएको छ । डा. गाओको न्यूयोर्कमा आइतबार ९५ वर्षको उमेरमा प्राकृतिक कारणले मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् भने न्यूयोर्कमा उनी सन् २००९ देखि निर्वासनमा थिइन् ।

बर्सौँ पछि, २०१० मा याओजीले एड्स जस्ता रोगहरू फैलिने खतराको बाबजुद चीनमा अवैध रूपमा रगत बिक्री गर्ने अभ्यास भइरहेको दाबी गरेकी थिइन् । ‘यो ठूलो छ । यो देशव्यापी छ, जताततै छ । मैले आफ्नै आँखाले सबै देखेको छु । रगत बिक्री अवैध छ । विगतमा यो खुला र सार्वजनिक थियो । अब, यो भूमिगत छ, उनको दाबी थियो । गाओ याओजीले कसरी एड्स फैलाउन चिनियाँ अधिकारीहरूको उदासीनता उजागर गर्न सफल भएकी थिइन् ।

देशको ग्रामीण क्षेत्रमा एड्सको महामारीविरुद्ध अभियान फैलाएर निर्मूल गर्न सफल याओजीले चीनमा रगत बेच्ने व्यवसायीले ग्रामीण क्षेत्रमा एचआइभी फैलाएको खुलासा गरेको गरेकी थिइन् । बीबीसीको रिपोर्ट अनुसार, रगत बेच्ने ग्रामीण चीनमा, विशेष गरी हेनान प्रान्तमा १९८० र १९९० को दशकमा एक रगत बेचेर एड्सका कीटाणु फैलाउने व्यवसाय सामान्य जस्तै थियो ।

त्यस्तै, रगत दान गर्नेहरूले जीविकोपार्जनका लागि रगत बेच्ने गरिब किसान समुदायलाई एचआइभी पोजेटिभ बिरामीहरूबाट रगत पनि दिने गरिएको तथ्य उनले सार्वजनिक गरेकी थिइन् ।

त्यति बेला एड्सबारे चेतना धेरै थिएन । चिनियाँ अधिकारीहरूले एचआइभी यौन सम्पर्क वा गर्भावस्थामा आमाबाट बच्चामा मात्र सर्ने विश्वास गर्थे । डा. याओजीले एड्स रोगीलाई भेटे जो कुनै पनि श्रेणीमा परेनन् तर रक्त क्षेपण मार्फत रगत प्राप्त गरेका थिए।

 


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?