Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

एड्स महामारीको रहस्य खुलासा गर्ने डा. याओजीको निधन


काठमाडौं। चीनकी एक स्त्री रोग विशेषज्ञ तथा एजआईभी एड्सको महामारीविरुद्ध अभियानको नेतृत्व गर्ने पहिलो डाक्टरमध्येकी एक डाक्टर गाओ याओजीको निधन भएको छ । डा. गाओको न्यूयोर्कमा आइतबार ९५ वर्षको उमेरमा प्राकृतिक कारणले मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् भने न्यूयोर्कमा उनी सन् २००९ देखि निर्वासनमा थिइन् ।

बर्सौँ पछि, २०१० मा याओजीले एड्स जस्ता रोगहरू फैलिने खतराको बाबजुद चीनमा अवैध रूपमा रगत बिक्री गर्ने अभ्यास भइरहेको दाबी गरेकी थिइन् । ‘यो ठूलो छ । यो देशव्यापी छ, जताततै छ । मैले आफ्नै आँखाले सबै देखेको छु । रगत बिक्री अवैध छ । विगतमा यो खुला र सार्वजनिक थियो । अब, यो भूमिगत छ, उनको दाबी थियो । गाओ याओजीले कसरी एड्स फैलाउन चिनियाँ अधिकारीहरूको उदासीनता उजागर गर्न सफल भएकी थिइन् ।

देशको ग्रामीण क्षेत्रमा एड्सको महामारीविरुद्ध अभियान फैलाएर निर्मूल गर्न सफल याओजीले चीनमा रगत बेच्ने व्यवसायीले ग्रामीण क्षेत्रमा एचआइभी फैलाएको खुलासा गरेको गरेकी थिइन् । बीबीसीको रिपोर्ट अनुसार, रगत बेच्ने ग्रामीण चीनमा, विशेष गरी हेनान प्रान्तमा १९८० र १९९० को दशकमा एक रगत बेचेर एड्सका कीटाणु फैलाउने व्यवसाय सामान्य जस्तै थियो ।

त्यस्तै, रगत दान गर्नेहरूले जीविकोपार्जनका लागि रगत बेच्ने गरिब किसान समुदायलाई एचआइभी पोजेटिभ बिरामीहरूबाट रगत पनि दिने गरिएको तथ्य उनले सार्वजनिक गरेकी थिइन् ।

त्यति बेला एड्सबारे चेतना धेरै थिएन । चिनियाँ अधिकारीहरूले एचआइभी यौन सम्पर्क वा गर्भावस्थामा आमाबाट बच्चामा मात्र सर्ने विश्वास गर्थे । डा. याओजीले एड्स रोगीलाई भेटे जो कुनै पनि श्रेणीमा परेनन् तर रक्त क्षेपण मार्फत रगत प्राप्त गरेका थिए।

 


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?