Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

पौडेल र लामिछानेको नयाँ गीत ‘हुन्छ भने हुन्छ भन’ सार्वजनिक


पोखरा। लामो समय देखि लोकदोहोरी क्षेत्रमा क्रियाशील गायक चोलेन्द्र पौडेल र गायिका सरस्वती लामिछानेले’हुन्छ भने हुन्छ भन’ गीत सार्वजनिक गरेका छन् ।

दुई दर्जन भन्दा बढी लोकदोहोरी गीत गाइसकेका पौडेलले दोहोरी गीतसङ्गीतमा निरन्तरता दिँदै आएका छन् । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको उपमहासचिव भएर काम गरिसकेका पौडेलले देश विदेशका साङ्गीतिक कार्यक्रममा समेत आफ्नो प्रस्तुति दिँदै आएका छन् । पोखरामा रहेर पनि पौडेलको क्रियाशीलता लोकदोहोरीमा लोभलाग्दो छ ।

पौडेलेको यसअघिका पानी मुनी मुनी, चढ्यो चढ्यो जवानी, जाम झोला बोकेर, अब त मै सानी रहिन लगायतका गीतले उनलाई साङ्गीतिक क्षेत्रमा चिनाएको छ भने सरस्वती लामिछाने पनि पोखराबाट सङ्गीत सङ्घर्ष गरिरहेकी छिन् । ‘भिर्ने झोलामा’ उनको रुचाइएको गीत हो ।

यस्तैमा गायक पौडेल र सरस्वती लामिछानेको ‘हुन्छ भने हुन्छ भन’ गीत सार्वजनिक भएको छ । सरस्वती लामिछानेको अफिसियल युट्युब मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सो गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा र गीता ढुङ्गानाको अभिनय रहेको छ भने पौडेलकै शब्द सङ्गीत रहेको उक्त गीतको म्युजिक भिडियोलाई कजीस श्रेष्ठले निर्देशन गरेका हुन् । कोरियोग्राफी समेत उनकै हो । सुनिल परियारको सङ्गीत संयोजन रहेको गीतबाट गायक गायिका आशावादी छन् ।

उक्त लोकदोहोरीमा यसअघि रुचाइएको पौडेल र लामिछानेको युगल साङ्गीतिक जोडीलाई ‘हुन्छ भने हुन्छ भन’ बाट समेत सफलता मिल्ने अपेक्षा उनीहरूको छ ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?