Trending
>>   ललितपुर महानगरपालिकाले २४ जनालाई दियो विपद् उद्धार सम्बन्धी तालिम >>   पूर्वराजा शाहलाई गगन थापाको प्रश्न :राजतन्त्र आएपछि के हुन्छ ? >>   कहिले-कहिले अराजनीतिक कदम पनि चाल्नुपर्छः प्रधानमन्त्री ओली >>   २३ महिनादेखि रोकिएका आइपिओ समयमै नआए सरकारले लिएको विद्युत उत्पादनको लक्ष्य पूरा हुन सक्दैनः अध्यक्ष… >>   ठूला दलका शिर्ष नेताहरुले विश्राम लिएको दिनदेखि नै अहिलेका आन्दोलन हराउँछन्ः गगन थापा >>   कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ >>   पार्टीहरुको पञ्चायतीकरण र नेताहरुको राजतन्त्र कायम छः महासचिव भुसाल >>   राष्ट्रिय हितको पक्षमा उभिँदा एमालेमाथि आक्रमणः वरिष्ठ उपाध्यक्ष पोखरेल >>   एमालेको स्पष्ट बहुमत आउनु नै मिसन ०८४ः प्रधानमन्त्री ओली >>   गणतन्त्रमाथि प्रश्न उठाउने समय भएको थिएनः नेतृ झाँक्री
Logo
१८ जेष्ठ २०८२, आईतवार
१८ जेष्ठ २०८२, आईतवार

अर्थ मन्त्रालयद्वारा ६ सहसचिवको पदस्थापन तथा जिम्मेवारी हेरफेर


काठमाडौं। अर्थ मन्त्रालयले ६ जना सहसचिवको पदस्थापन तथा जिम्मेवारी हेरफेर गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले केही दिन अघि सरुवा भई आएका र लामो समयदेखि बरण्डा (अतिरिक्त) मा रहेका सहसचिवहरूको खटनपटन गरेका हुन् ।

त्यसैगरी, प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुशार प्रशासन महाशाखाको जिम्मेवारी महेश आचार्यलाई दिइएको छ भने लामो समयदेखि अतिरिक्तमा रहेका राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रकको कार्यालयमा खटाइएका छन् । यसैगरी त्यहाँका शम्भु प्रसाद मरासिनीलाई भन्सार जाँच पास परीक्षण कार्यालयको प्रमुख भन्सार परीक्षण प्रशासक बनाई पठाइएको छ ।

अर्थ मन्त्रालय निकै संवेदन६ सहसचिवको पदस्थापन तथा सरुवाशील र महत्त्वपूर्ण मन्त्रालयका रूपमा लिइन्छ तर पछिल्लो समय ‘कमाऊ’ अड्डाका रूपमा लिइदा देशको अर्थतन्त्र दिनप्रतिदिन ओरालो लाग्दो छ । राजनीतिदेखि प्रशासनसम्मै विज्ञ भन्दा पनि ‘व्यवस्थापन’ गर्न सक्नेहरूको पोल्टामा मिल्काइँदा यति बेला कोही कसैले कामै गर्न नसक्ने अवस्थामा पुगेको छ भने सीमित ‘बिचौलिया’हरुको सेटिङको नतिजा बिस्तारै देखिन थालेको छ ।

त्यस्तै, मन्त्री महतले सहसचिव महेश बराललाई कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिको जिम्मेवारी दिएका छन् भने अमृत लम्साललाई मध्यम स्तरीय करदाता कार्यालय, बबरमहलको प्रमुख कर प्रशासक बनाई पठाएका छन् । सहसचिव पार्वती शर्मालाई आन्तरिक राजश्व विभागको उपमहानिर्देशकमा पठाइएको छ ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?