फिक्कल। इलामको रोङ गाउँपालिका ग्रामीण क्षेत्रका महिलालाई ‘बोल्ने कला’ सिकाउँदै छ । महिलाको नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले उनीहरूलाई अरूका अघि निर्धक्क भएर बोल्न सिकाउन थालिएको हो । श्रीयम मिडिया प्रा.लिको आयोजना तथा उक्त गाउँपालिकाको सहयोगमा वडानं-१ स्थित शान्तिपुरमा सञ्चालित महिलाका लागि उद्घोषण तथा नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको
टक्सार,भोजपुर। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको भएको बताएका छन् । समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत भोजपुरबाट फर्कने क्रममा जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आयोजित भेटघाट कार्यक्रममा उनले एमालेले सुरु गरेको यस अभियान एमालेको मात्र नभएर नेपाली जनताको
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटिएल) सहित तीन कम्पनीले पाएको इमेलसहितको इन्टरनेट सेवा अनुमतिपत्र खारेज गरेको छ । प्राधिकरणले पुतलीसडक काठमाडौं ठेगाना भएको युटिएल, कोटेश्वर काठमाडौंको म्याक्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क प्रालिको इमेलसहितको इन्टरनेट अनुमति खारेज गरेको हो । त्यस्तै, युटिएलले २०६० साल कात्तिक ५ गते,
जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै छ । आजका दिन रामका स्वरुप बनेका बालबालिकाले धनुषा भाँचेर धनुष यज्ञ मनाउने गरिन्छ । अपराह्न धनुषा यज्ञ आयोजन गरिएको जानकी मन्दिर व्यवस्थापन पक्षले जनाएको छ । त्यस्तै, त्रेता युगमा भगवान रामले धनुष यज्ञमा सरिक भएर कसैले
काठमाडाैं। नेपालमा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन हुने भएको छ । ‘यात्रा टु ह्यापिनेस’ भन्ने नाराका साथ आगामी माघ ४ र ५ (जनवरी १८ र १९ तारिख) मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन आयोजना हुने भएको हो । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान
काठमाडाैं। नेपाल सुपर लिग (एनएसएल) मा आज एफसी चितवन र धनगढी एफसीबीच खेल हुँदै छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुने खेलमा अपराजित टोली धनगढीलाई आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने अवसर रहेको छ । त्यस्तै, धनगढीले हालसम्म चार खेल खेल्दा २ जित र २ बराबरी गरेको
भेरीगङ्गा। कर्णाली प्रदेशका ३० प्रतिशत परिवार मात्रै आफ्नै उत्पादनमा आत्मनिर्भर रहेको पाइएको छ । राष्ट्रिय कृषि गणना, २०७८ का अनुसार प्रदेशका ७० प्रतिशत परिवारलाई कृषिको उत्पादनले वर्षभरि खाना नपुग्ने अवस्था छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना, २०७८ को प्रदेशस्तरीय नतिजाअनुसार कर्णालीमा तीन लाख दुई हजार परिवारले
काठमाडाैं। सुनको भाउ आज एकै दिन तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलामा एक लाख १८ हजार ८ सय रुपैयाँ पुगेको छ । यो हिजोको भाउभन्दा तोलामा दुई हजार ८ सय रुपैयाँले धेरै हो । त्यस्तै, आज चाँदीको भाउ बढेको छ । तोलामा ५५
काठमाडाैं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामूहिक प्रयासबाट कार्यबल तयार गर्दै श्रम बजार व्यवस्थित गरेर उत्पादकत्व अभिवृद्धि गर्नुपर्ने र सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने बताएका छन् । साउदी अरबको रियादमा आज भएको मन्त्रीस्तरीय र व्यावसायीक गोलमेच सम्मेलनमा मन्त्री भण्डारीले विश्व द्रुत रूपान्तरणबाट गुज्रिरहेको अवस्थामा विश्वव्यापी श्रम बजारमा देखिएका समस्या
काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित गर्न सरकार दृढ रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले युरोपेली सङ्घको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताए । सो प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको