Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

नेपालमा पहिलो पटक ‘रेन्बो’ पर्यटन सम्मेलन हुने


काठमाडाैं। नेपालमा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन हुने भएको छ । ‘यात्रा टु ह्यापिनेस’ भन्ने नाराका साथ आगामी माघ ४ र ५ (जनवरी १८ र १९ तारिख) मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन आयोजना हुने भएको हो ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपाल, पहिचान फाउन्डेसन र गोर्खा इन्टरनेशन रेन्बोले बोर्डमा आयोजित पत्रकार सम्मेलनमा पर्यटन प्रवर्द्धनका लागि सम्मेलन गर्न लागेको जानकारी दिएका छन् । उक्त पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन हुन लागेको जानकारी दिइन । सम्मेलनले नेपाल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूका लागि उपयुक्त गन्तव्य भएको सन्देश दिने उनले बताएकी छन् ।

त्यस्तै, दक्षिण एसियामा पहिलो इन्द्रेणी विवाह दर्ता गरेका मायाको पहिचान नेपालका अध्यक्ष माया गुरुङ र सचिव सुरेन्द्र पाण्डेले पर्यटन सम्मेलनले समुदायका सदस्यलाई रोजगारी सिर्जना गर्ने आशा व्यक्त गरे । माया र सुरेन्द्र १३ मङ्सिर २०८० मा लामो कानुनी लडाइँको प्रक्रिया पछि आफ्नो विवाहलाई आधिकारिक रूपमा मान्यता दिने नेपालको पहिलो समलिङ्गी जोडी बनेका छन् । उनीहरूको विवाहले कानुनी रूपमा मान्यता प्राप्त गर्दा नेपाल समलिङ्गी विवाहमा दक्षिण एसियामा पहिलो देश बनेको छ । । अहिले नेपालको नाम विश्वभर फैलिएको छ । यही मौकामा नेपालमा एलजीबीटीआई अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन हुन लागेको हो ।

अन्तर्राष्ट्रिय पर्यटन सम्मेलनको अवधारण एसियाका पहिलो समलिङ्गी सांसद सुनिलबाबु पन्तले ल्याएका हुन् । पन्त जकार्ता सिद्धान्तलाई एकीकरण गर्ने बैठकमा २७ विज्ञहरू मध्ये एक थिए । पहिलो विवाह दर्ता पछि नेपाल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकारका लागि च्याम्पियन मानिन्छ भने समावेशिता र विविधतालाई प्रवर्द्धन गर्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटन कार्यक्रमहरूले विविध यौन झुकाव र लैङ्गिक पहिचान भएका व्यक्तिहरूका लागि सुरक्षित र स्वागत योग्य ठाउँ सिर्जना गर्ने पन्तले बताए ।

कानुनी रूपमा विवाह दर्ता हुनुलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका नागरिकको अधिकारमा कोसे ढुङ्गाकै रूपमा लिइएको छ । २१ औँ शताब्दीमा नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकारमा उल्लेखनीय विकास भएको छ। नेपालको संविधानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको अधिकारलाई मौलिक अधिकारका रूपमा मान्यता दिएको छ ।

सो कार्यक्रमहरूले पर्यटन, स्थानीय प्रतिष्ठानहरूको लागि व्यापार वृद्धि, र रोजगारीका अवसरहरू मार्फत स्थानीय अर्थतन्त्रलाई बढवा दिने पन्तले बताए । ‘यो सकारात्मक परिवर्तन सिर्जना गर्ने र थप समावेशी र स्वीकार्य समाज निर्माण गर्ने अवसर हो’ पन्तले भने ।

त्यस्तै, छिमेकी देशहरू भारत र चीनमा अधिकार नपाएको अवस्थामा नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको विवाह दर्ता समेत भएको अवस्थामा नेपालले फाइदा लिन सक्ने पन्तले बताए । यो समुदायका व्यक्तिहरूलाई पर्यटनसँग जोडेर अघि बढ्न सके अर्थतन्त्रमा नै ठुलो परिवर्तन आउने उनको भनाइ रहेको छ ।


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?