Trending
>>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन >>   मधेस सरकारको भविष्यबारे काँग्रेस लचिलोः ‘अहिले नै बहुमत गुमेको भन्नु हतार हुन्छ’ >>   पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरणः छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग >>   नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्बिरसहित) >>   आइजिपि नियुक्तिबारे ओलीः उनीहरूको भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला >>   न्याय सम्पादनमा ढिलाइ र फैसला कार्यान्वयनमा देखिएका समस्या अन्त्य गर्न जरुरीः मन्त्री गौतम >>   मुलुक ‘सर्वसत्तावाद’ तर्फ धकेलियोः राप्रपा अध्यक्ष लिङदेन >>   जोखिमयुक्त विद्यालयको स्थानान्तरण गर्ने क्रम शुरु भएको छः शिक्षा मन्त्रालय
Logo
१८ कार्तिक २०८३, बुधबार
१८ कार्तिक २०८३, बुधबार

समाचार


केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी पुस १ गते रु १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो । केन्द्रीय बैंकले पुस १ गतेदेखि ८ गतेसम्मका लागि निक्षेप सङ्कलन गर्न लागेको जनाएको छ । घटीमा

लागु औषसहित दुईजना पक्राउ

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध हतियार तथा लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । त्यस्तै, पक्राउ पर्नेमा इलाम जिल्लाको इलाम नगरपालिका–९ बस्ने ४१ वर्षीय चिरञ्जीवी सिन्चुरी र नवलपुरको कावासोती नगरपालिका–२ बस्ने ३१ वर्षीय लेखबहादुर कार्की रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय सूचना अधिकृत

भिजिट भिसामा विदेश पठाएको आरोपमा कन्सल्टेन्सीका सञ्चालक र कर्मचारी पक्राउ

काठमाडौं। भिजिट भिसाका नाममा रकम असुली गरेर नेपालीलाई विदेश पठाएको आरोपमा ट्राभल्स एजेन्जीका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले निमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङ र कर्मचरारी पदम लामालाई पक्राउ गरेको हो । त्यस्तै, एसपी मिलन केसीका अनुसार, उनीहरुले अध्यागमन अधिकृतसँग सेटिङ मिलाएर भिजिट

सुत्केरी हुन आउने गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया

भरतपुर,चितवन। चितवनको भरतपुर अस्पतालमा सुत्केरी हुन आएका गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा ४० दशमलव ४४ प्रतिशत गर्भवतीले शल्यक्रियामार्फत बच्चाको जन्म दिएका हुन् । सो आर्थिक वर्ष ११ हजार आठ सय ९४ सुत्केरी हुँदा चार हजार आठ सय ११ जनाको शल्यक्रिया गरिएको छ भने चालु

आन्तरिक पर्यटकको गन्तव्य बन्दै जखेरा ताल

देउखुरी,दाङ। देउखुरी उपत्यकाको मध्य–उत्तरी भागमा अवस्थित जखेरा ताल लुम्बिनी प्रदेशमात्रै नभई छिमेकी प्रदेशबाट घुम्न आउने आन्तरिक पर्यटकबीच लोकप्रिय गन्तव्यका रूपमा रहेको छ । यो ताललाई दाङको एक प्रमुख पर्यटकीयस्थलको रूपमा लिइन्छ । यस तालभित्र र बाहिर गरी जम्मा चार मन्दिर निर्माण गरिएका छन् । घुम्न आउने पर्यटकलाई वनभोज गर्ने रमाइलो

शनिबार काठमाडाैंका विभिन्न स्थानमा बिजुली काटिने

काठमाडाैं। नेपाल विद्युत् प्राधिकरणले शनिबार बिहान काठमाडाैंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडाैंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको हो । उक्त सबस्टेसनबाट विद्युत् सेवा आपूर्ति हुने स्वास्थ्य सेवा विभाग परिसर, भिमसेनस्थान, रामघाट,

गायक राजकुमार शशंकरको ‘मदानी’ गीतको भिडियो सार्वजनिक

गायक राजकुमार शशंकरको  ‘मदानी’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायक राजकुमार शशंकरलाई स्वरमा गायिका राधा गुरुङले दिएकी छन् । त्यस्तै, जीवन विश्वकर्माको शब्द रहेको उक्त गीतमा संगीत राजकुमार शशंकरको रहेको छ । उक्त गीतको भिडियोमा देवेन्द्र बब्लु र सनसाइन सञ्जुको अभिनय देख्न सकिन्छ भने विशाल घिमिरेको डिरेक्सन

गुगलमा यस वर्ष सर्वाधिक खोजिए फिल्म ‘बार्बी’ र गायिका शकिरा

काठमाडौं। यदि गुगलको वर्ष समीक्षालाई विश्वास गर्ने हो भने सन् २०२३ ठूला फिल्म र सेलिब्रिटीको मृत्युको वर्ष थियो । ‘बार्बी’ र ‘ओपेनहाइमर’ यस वर्ष गुगलमा धेरै खोजिने फिल्म बने । फुटबल खेलाडीहरु केलियन एमबाप्पे र ह्यारी केनलाई धेरै खोजियो भने शकिरा संगीतमा धेरै खोजिने सेलिब्रेटी बनिन् । त्यस्तै, गायिका शकिरा

टेलिश्रृंखला ‘सिन्दूर’ १८ वर्षपछि पुनः दर्शकमाझ आउँदै

काठमाडौं। अभिनेत्री तथा निर्मात्री प्रज्ञा जोशीले १८ वर्षपछि पुनः टेलिभिजन श्रृंखला ‘सिन्दूर’ निर्माण गर्ने भएकी छन् । शुक्रबार भद्रकाली मन्दिरमा शुभसाइत पूजा गर्दै उनले यसबारे जानकारी दिइन् । उक्त सिरियल सामाजिक–पारिवारिक कथावस्तुले नेपाली दर्शकमाझ चर्चित छ भने प्रसारण हुने टेलिभिजनबारे अहिले बताइएको छैन । त्यस्तै, नयाँपुस्ताको रुचिलाई ध्यानमा राख्दै सिरिज

इन्जिनियरिङ लाइसेन्स परीक्षामा ४७.१७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण

काठमाडौं। साधारण दर्तावाला इन्जिनियरिङ व्यवसायी नाम दर्ता (इन्जिनियरिङ लाइसेन्स) परीक्षामा जम्मा ४७.१७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । बिहीबार नेपाल इन्जिनियरिङ परिषद्ले सार्वजनिक गरेको नतिजा अनुसार ५ हजार ८२१ जना परीक्षार्थी मध्ये दुई हजार ७४६ जनाले लाइसेन्स परीक्षा पास गरेका छन् । उक्त परिषद्ले लाइसेन्स परीक्षा लिएको यो तेस्रो

सम्वन्धित समाचारहरु