Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

लागु औषसहित दुईजना पक्राउ


काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध हतियार तथा लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

त्यस्तै, पक्राउ पर्नेमा इलाम जिल्लाको इलाम नगरपालिका–९ बस्ने ४१ वर्षीय चिरञ्जीवी सिन्चुरी र नवलपुरको कावासोती नगरपालिका–२ बस्ने ३१ वर्षीय लेखबहादुर कार्की रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय सूचना अधिकृत तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिएका छन् ।

उनका अनुसार पक्राउ परेकाहरूको साथबाट प्रहरीले केएफ–७ दशमलव ६५ लेखिएको पाँच राउण्ड गोली लोड भएको म्याग्जिनसहितको एउटा पेस्तोल, उक्त पेस्तोलमा लाग्ने खाली म्याग्जिन एक थान तथा लागुऔषध खैरौ हेरोइनजस्तो देखिने लेसिलो पदार्थ पाँच ग्रामसहित बरामद गरेको छ ।

भक्तपुर, सुर्यविनायक नगरपालिका–१० नलिन्चोक एरियामा अवैध हतियार तथा लागुऔषधको ओसारपसार र कारोबार हुँदैछ भन्ने गोप्य सूचना प्राप्त भएपश्चात् यस कार्यालयबाट खटिएको विशेष टोलीले निजहरूलाई पक्राउ गरेको सूचना अधिकृत तथा प्रहरी उपरीक्षक केसीले बताए ।

उनले भने, “आज निजहरूलाई लागुऔषध तथा हातहतियार खरखजानासम्बन्धी कसुरमा आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि प्रहरी बृत्त जगाति पठाइएको छ ।”


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?