Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

सुत्केरी हुन आउने गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया


भरतपुर,चितवन। चितवनको भरतपुर अस्पतालमा सुत्केरी हुन आएका गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया गरिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा ४० दशमलव ४४ प्रतिशत गर्भवतीले शल्यक्रियामार्फत बच्चाको जन्म दिएका हुन् । सो आर्थिक वर्ष ११ हजार आठ सय ९४ सुत्केरी हुँदा चार हजार आठ सय ११ जनाको शल्यक्रिया गरिएको छ भने चालु आर्थिक वर्षको चार महिनामा ४४ दशमलव १२ प्रतिशत गर्भवतीले शल्यक्रियामार्फत बच्चाको जन्म दिएका छन् ।

त्यस्तै,, गत कात्तिकमा तीन हजार सात सय ९८ सुत्केरी भएकामा एक हजार छ सय ७६ को शल्यक्रिया गरिएको अस्पतालका तथ्याङ्क शाखा प्रमुख नारायण रिजालले जानकारी दिए । उनका अनुसार आव २०७६/७७ मा १२ हजार छ सय ३२ सुत्केरी भएकामा तीन हजार छ सय ३३ को शल्यक्रिया गरिएको छ । यो तथ्याङ्क २८ दशमलव ७६ प्रतिशत हो । सो वर्ष आठ हजार सात सय १० जनाको सामान्य तरिकाले शल्यक्रिया गरिएको थियो ।

आव २०७७/७८ मा अघिल्लो आवको तुलनामा छ प्रतिशतले बढेर ३४ दशमलव ९२ प्रतिशत पुग्यो । सो वर्ष नौ हजार नौ सय ७० सुत्केरी हुँदा तीन हजार तीन सय ९९ को शल्यक्रिया गरिएको थियो । त्यसपछि आव २०७८/७९ मा १२ हजार दुई सय २१ सुत्केरी हुँदा चार हजार दुई सय आठ जनाको शल्यक्रिया गरिएको जनाइएको छ ।

त्यसैगरी भरतपुर अस्पताल प्रसूति विभागका प्रमुख सुनिलमणि पोख्रेलका अनुसार शल्यक्रियाबाट बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ । भरतपुर अस्पताल रिफरल अस्पताल भएकाले पनि शल्यक्रिया गर्नुपर्ने उनले बताए । “यहाँ बाहिरी जिल्लाबाट गम्भीर प्रकृतिका घटना आउँछन्”, उनले भने, “पचास प्रतिशत त ‘रिफरल केस’ नै हुन्छन् ।”

उच्च प्रश्रव पीडा र गाह्रो भएपछि अन्य अस्पतालले भरतपुर अस्पताल पठाउने गरेको उनले बताए । उनले सामान्य अवस्थामै बच्चा जन्माउन प्रेरित गर्ने गरेको बताए । सम्पन्न परिवारका महिला प्रश्रव पीडाले कष्ट र पीडा नहोस् भनेर शल्यक्रिया गरेर बच्चा जन्माउन चाहने बढिरहेको उनको भनाइ छ ।

भरतपुर अस्पतालमा गत वर्ष सुत्केरी हुने क्रममा पाँच जनाले ज्यान गुमाएका थिए । बच्चा जन्माउने क्रममा एक र बच्चाको जन्म दिएपछि चार जनाको मृत्यु भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी, चालु आवको चार महिनामा २६ शिशुको मृत्यु भएको छ । अघिल्लो आव २०७९/८० मा एक सय चार शिशुको मृत्यु भएको थियो । सो वर्ष जन्म भएपछि १६ र गर्भाअवस्थामा ८८ शिशुको मृत्यु भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?