Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

आन्तरिक पर्यटकको गन्तव्य बन्दै जखेरा ताल


देउखुरी,दाङ। देउखुरी उपत्यकाको मध्य–उत्तरी भागमा अवस्थित जखेरा ताल लुम्बिनी प्रदेशमात्रै नभई छिमेकी प्रदेशबाट घुम्न आउने आन्तरिक पर्यटकबीच लोकप्रिय गन्तव्यका रूपमा रहेको छ । यो ताललाई दाङको एक प्रमुख पर्यटकीयस्थलको रूपमा लिइन्छ ।

यस तालभित्र र बाहिर गरी जम्मा चार मन्दिर निर्माण गरिएका छन् । घुम्न आउने पर्यटकलाई वनभोज गर्ने रमाइलो स्थलका रूपमा यो ठाउँ परिचित रहेको छ । यस ताल क्षेत्रमा प्रायः वर्षैभरि नै चहलपहल रहने गर्छ भने यस ठाउँमा दसैँ र तिहार सकेपछिका मङ्सिर र पुससम्म विशेष भीडभाड हुने गर्दछ ।

त्यसैगरी, लमही नगरपालिका–३ जखेरामा रहेको यस तालमा हिजोआज पर्यटकको घुइँचो लाग्ने गरेको छ । पछिल्लो समय दैनिक एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म पर्यटक आउने गरेका छन् । सात बिघा क्षेत्रफलमा फैलिएको सो तालमा गणेश मन्दिर, त्रिसिद्धेश्वरी महादेव, कालिका मन्दिर र राधाकृष्ण मन्दिर निर्माण गरिएको छ ।

उक्त तालको किनारमा मन्दिरबीचमा फुलेका कमलका फूल, डुङ्गाबाट देखिने उत्तरतर्फको हरियो डाँडा अनि चराचुरुङ्गीको आवाजले पर्यटकलाई थप आकर्षण गर्ने गरेको छ । घोराही उपमहानगरपालिका–१७ कर्जाहीका सावित्रा वली गत शनिबार साथीहरूसँंग वनभोज खान जखेरा ताल गइन् । उनले पहिलोपटक जखेरा पुगेको बताइन । “ताल घुम्दा साह्रै रमाइलो भयो, साथीहरूले कुरा गरेको सुनेको थिएँ, साँच्चिकै राम्रो ठाउँ रहेछ, घुम्दा मज्जा लाग्यो”, उनले भनिन्, “डुङ्गा सयर गर्दा झनै रमाइलो लाग्यो ।”

त्यसैगरी, बर्दिया राजापुरका मनोज आचार्य विद्यालयबाट दाङका पर्यटकीयस्थल घुम्न आए । जखेरा ताल घुम्ने मौका पनि मिल्यो । उनले चारैतिर हरियाली जङ्गलको बीचमा डुङ्गा सयर गर्दा आनन्द आएको बताउनुभयो । पार्कमा विभिन्न किसिमका फूलहरूसँग फोटो खिच्दा रमाइलो लागेको उनले बताए ।

जखेरा ताल क्षेत्रको विकासका लागि सङ्घीय सरकारबाट गत आर्थिक वर्षमा बजेट विनियोजन भएको थियो । त्यो बजेटबाट ताल क्षेत्रको डिल पक्की बनाउने काम गरिएको जखेरा शिवालय धार्मिक विकास पर्यटन संरक्षण प्रतिष्ठानका सहअध्यक्ष रविध्वज थापाले बताए । सो जखेरा तालको विकासका लागि नयाँ–नयॉँ योजना अघि सारिएका छन् । ताल क्षेत्रमा मोटरबोटसमेत चलाइएको छ ।

उक्त ताल संरक्षण समितिका अध्यक्ष विषराम चौधरीले पछिल्लो समय जखेरा ताल अवलोकन गर्नेको घुइँचो लाग्ने गरेको बताए । “प्राकृतिक सुन्दरता, पहाडैपहाडको बीचमा बनेको तालको दृश्यावलोकनका लागि यहाँ आन्तरिक पर्यटक बढी आउने गरेका छन्”, उनले भने, “अहिले दाङका छिमेकी जिल्ला रोल्पा, प्यूठान, रुकुम, सल्यान, बाँके, बर्दिया र कपिलवस्तुलगायतका स्थानबाट आन्तरिक पर्यटक अवलोकन गर्न आउने गरेका छन् ।”


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?