२३ जेठ, काठमाडाैँ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणमा बजेट तर्जुमा दिग्दर्शनमा उल्लेखित पदाधिकारी मात्रै बसेर करका दर निर्धारण गरिएको प्रस्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सदस्यहरुले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताबारे उठाएको जिज्ञासामा उनले आधिकारिक व्यक्ति मात्रै बसेर करका दरलाई वैज्ञानिक
२३ जेठ, ओखलढुङ्गा। सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्राकृतिक र मानव निर्मित नेपालीपन बोकेको पर्यटन प्रवद्र्धन आजको आवश्यकता भएको बताएका छन् । ओखलढुङ्गाको खिजीदेम्बा क्षेत्रको नयाँ पर्यटन पदमार्गको आज यहाँ सुरु भएको घोषणा कार्यक्रममा मन्त्री किराँतीले संस्कृति, शिक्षा र ज्ञानका हिसाबले नेपालका हरेक घर विश्वविद्यालय र प्रत्येक गुम्बा
२३ जेठ, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयमा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई विगतको सरकारले नियुक्त गरिएको र हालसम्म सेवामा निरन्तरता दिइएको विषयमा स्पष्ट पार्न माग गरिएको छ र नेपाली कांग्रेसका सांसद रामहरि कार्कीले विगतदेखि हालसम्म ती पूर्वकर्मचारीलाई नियुक्त गरिएको हो भन्ने प्रश्न गरे । सांसद डा अमरेशकुमार सिंहले उक्त विषयमा
२३ जेठ, विराटनगर । कोशी प्रदेशमा नेकपा माओवादीका मन्त्री राजिनामा दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट राजीनामा दिएका हुन् । ‘कोशी प्रदेश सरकारमा मन्त्री भई कामकाजमा सहयोग गर्दै आएकोमा हाल बदलिएको राजनितिक परिस्थितिका कारण नेकपा
२३ जेठ, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयका गोप्य कक्षमा अनधिकृत व्यक्ति समावेश गरिएको भन्दै विरोध गरेका छन् । पूर्वनिर्धारित समयभन्दा तीन घन्टापछि सुरु भएको बैठकको सुरुमै विपक्षी सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध गर्न थालेपछि सभामुखले नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय
२३ जेठ, काठमाडाैँ । नियम विपरीत बालबालिकालाई राखेको वा जोखिमपूर्ण श्रममा लगाएको पाइएमा काठमाडौँ महानगरपालिकाले कारबाही गर्ने भएको छ । महानगरले आज सूचना प्रकाशित गर्दै महानगरभित्र कोही कसैले कानुन विपरीत हुने गरी बालबालिकालाई श्रममा संलग्न गराएको र १४ देखि १८ वर्ष उमेरका बालबालिकालाई जोखिमपूर्ण श्रममा खटाएको भएमा १५ दिनभित्र जानकारी दिन
२३ जेठ, बाजुरा । तीन दिने प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार उद्घाटन गरे । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा सम्मेलन आयोजक समितिका मुल समारोह समितिका अध्यक्ष कमलबहादुर शाहको अध्यक्षतामा जारी कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,
२३ जेठ, बाँके । शिक्षण पेसामा आबद्ध नेपालगञ्ज उपमहानगरपालिका –१८ का रवीन्द्र रेग्मीको मृत्यु भएको छ । सोमबार दिउँसो करिब २.३० बजेतिर बैठकमा जानु छ भन्दै घरबाट निस्किएका रेग्मीको मङ्गलबार बिहान राप्ती–सोनारी गाउँपालिकाको ढिकेरीस्थित जङ्गलमा जलेको अवस्थामा शव फेला परेको हो । भे ६ प ८२२४ नम्बरको मोटरसाइकलमा घरबाट निस्किएका
२३ जेठ, एजेन्सी । काखोभका जलविद्युत बाँध पटकपटकको आक्रमणबाट आंशिक नष्ट भएको छ । दक्षिणी युक्रेनमा मस्को-स्थापित अधिकारीहरूले मङ्गलबार यस बारे सार्वजनिक टिप्पणी गरेका हुन् । नोभा काखोभका शहरको मस्को-समर्थित प्रशासनका प्रमुख भ्लादिमिर लियोन्टिएभले रातभरि "काखोभका बाँधलाई लक्षित गरी थुप्रे आक्रमण" भएको र बाँधको गेट भल्भहरू ध्वस्त पारिएको छ त्यसबाट
२३ जेठ, बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको काम समयमै सम्पन्न नगर्ने दुई सडक खण्डका ठेकेदारको ठेक्का रद्द गर्ने प्रक्रिया सुरु भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटरमध्ये जम्मा २५ किलोमिटर सडक खण्ड कालोपत्र हुन सकेको छैन तर अन्य सडक कालोपत्र