Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

बैठकमा जाने भन्दै घरबाट निस्किएका शिक्षकको शव जङ्गलमा जलेको अवस्थामा फेला


२३ जेठ, बाँके । शिक्षण पेसामा आबद्ध नेपालगञ्ज उपमहानगरपालिका –१८ का रवीन्द्र रेग्मीको मृत्यु भएको छ । सोमबार दिउँसो करिब २.३० बजेतिर बैठकमा जानु छ भन्दै घरबाट निस्किएका रेग्मीको मङ्गलबार बिहान राप्ती–सोनारी गाउँपालिकाको ढिकेरीस्थित जङ्गलमा जलेको अवस्थामा शव फेला परेको हो ।

भे ६ प ८२२४ नम्बरको मोटरसाइकलमा घरबाट निस्किएका रेग्मीको राति १०.३० बजेपछि मोबाइल स्विचअफ भएको परिवारका सदस्यको भनाइ छ । ४३ वर्षीय रेग्मी आदर्श मावि राँझामा कार्यरत रहेका थिए ।

सडक किनारमा मोटरसाइकल रहेको र नजिकै रेग्मीको शव जलेको अवस्थामा भेटिएको स्थानीय ऐनबहादुर हमालले जानकारी दिए । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले घटनाबारे अनुसन्धान सुरु भएको बताए ।

प्रहरीले तालिमप्राप्त कुकुर समेत परिचालन गरेको जनाएको छ । रेग्मीको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा ल्याइएको छ ।


प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?